मौन अवधिमा निष्पक्ष भएर मुल्याङ्कन गर्न उम्मेदवार गुरुङको मतदातासंग आग्रह

भञ्ज्याङ समाचारदाता/म्याग्दे

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं तनहुँ क्षेत्र नं. २ का प्रतिनिधीसभा सदस्य उम्मेदवार किरण गुरुङले एमाले काम गर्ने पार्टी भएको बताएका छन् । चुनावको मिति नजिकिदै गर्दा घरदैलो अभियान अन्तिम चरणमा पुर्‍याएका नेता गुरुङले जनताले निष्पक्ष रुपमा मुल्याङ्कन गरी सुर्य चिन्हमा मतदान गर्ने विश्वास व्यक्त गरे ।

‘करिव ३ वर्ष संघ र प्रदेश सरकारको नेतृत्व गर्दा भएका कामको मौन अवधिमा गहिरिएर मुल्यांकन गर्नुहोस’, उनले भने, ‘भएका विकास निर्माण र बनेका निति नियमको सोचबीचार गर्दा पक्कै पनि मन अन्त जाँदैन ।’

गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री समेत रहेका नेता गुरुङले चुनावको बेला विभिन्न प्रलोभन र भ्रम हुन सक्ने बताउदै यस्ता विषयप्रति सबै सचेत हुनुपर्नेमा जोड दिए । व्यास-५ र म्याग्दे गाउँपालिकाका विभिन्न क्षेत्रका मतदाताहरुसँग बुधबार भेटघाट तथा कोणसभालाई सम्बोधन गर्दै उनले जनताबाट आएका गुनासो र समस्यालाई मनन गर्दै क्रमशः सम्बोधन गर्ने प्रतिवद्धता जनाए ।

घरदैलोको क्रममा विकासका कुरालाई मतदाताले प्रथामिकतामा राख्ने गरेका छन्, उनले भने, ‘हामीले पनि पार्टीकोतर्फबाट योजना लिएर आएका छौं । आवश्यकताका आधारमा क्रमशः पुरा गर्दै जानेछौं ।’

उनले गर्न नसकिने खालका योजनालाई निर्वाचन जित्नकैलागि भनेर ठूला आश्वासन कहिकतै नदिएको प्रष्ट पारे । गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री समेत रहेका गुरुङले भने, ‘ठूला आश्वासन र योजना लिएर गाउँ पुग्नेहरु काम गर्दैनन् । उनीहरुको ध्यान केबल मतकोलागि मात्र हुन्छ । त्यसैले मंसिर ४ मा न्यायपूर्ण ढंगले मतदान गर्नुहोला ।’

तनहुँ २ प्रदेश १ का उम्मेदवार श्यामराजा महतले नेकपा एमालेले जिते मात्र स्थिर सरकार बन्ने प्रष्ट पारे । ‘चुनावअघिनै ५ दल छन्, उनीहरुको भावी प्रधानमन्त्रीको टुंगो छैन’, उनले थपे, ‘निर्वाचनको नतिजापछि सबै भताभुंग हुन्छ ।’

महतले स्थिर सरकार भएमा विगतमा एमाले नेतृत्वको सरकारले जसरी विकास निर्माणले गति लिने बताए । बुधवार मिजेथुम, तिलाहर, वरभञ्ज्याङ, रानिस्वारा, घुम्ती, समिधारा, सिहाले, ब्यास-५ को सेरा, सिर्दी लगायत क्षेत्रमा घरदैलो तथा चुनावी सभा गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker