दलबलका साथ गृहजिल्ला आएका मन्त्री श्रेष्ठले भने : वैदेशिक रोजगारीमा दलाली र विकृति अन्त्य गर्छु

भञ्ज्याङ न्यूज

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले वैदेशिक रोजगारी क्षेत्रमा दलाली र विकृति अन्त्य गर्ने बताएका छन् । नेकपा (एकीकृत समाजवादी) तनहुँले दसैँका अवसरमा शनिबार दमौलीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले वैदेशिक रोजगारी क्षेत्रलाई व्यवस्थित बनाउने प्रतिवद्धता जनाएका छन् ।

शुक्रबार मन्त्रीमा नियुक्त भएका श्रेष्ठ शनिबार दलबलका साथ गृहजिल्लामा आयोजित कार्याक्रममा सहभागि हुन आएका थिए । मोटरसाइकल र्‍याली सहित दमौली बजार परिक्रमा गरी कार्यक्रम स्थल पुगेका मन्त्री श्रेष्ठले वैदेशिक रोजगारका सवालमा भइरहेका दलाली र विकृति अन्त्य गर्ने बताए ।

समाजवादोन्मुख राज्य प्रणाली स्थापनाका निम्ति नीति, कानून र मापदण्ड बनाउँदै मन्त्री श्रेष्ठले श्रमिकले श्रमको मूल्य नपाउने अवस्थाको पूर्ण अन्त्य गरिने बताएका छन् ।

कोभिड महामारीका कारण करिब १५ लाखले रोजगारी गुमाएको बताउँदै मन्त्री श्रेष्ठले रोजगारी गुमाएकाको पुनःस्थापना अहिलेको चुनौती रहेको समेत बताए । उनले भने, ‘सबै क्षेत्रसँग समन्वय गरेर सकेसम्म देशभित्रै रोजगारका अवसर सिर्जना गर्ने र आत्मस्वाभिमानको साथ काम गर्ने वातावरणको निम्ति पहलकदमी गर्नेछु ।

औद्योगिक क्षेत्रमा श्रमिकमाथि हुने शोषणको अन्त्य गर्ने बताउँदै मन्त्री श्रेष्ठले औद्योगिक निकायसँग छलफल गरेर दीर्घकालीन समाधानको काम गर्ने बताएका छन् ।

नेकपा (एकीकृत समाजवादी) तनहुँका अध्यक्ष शंकरनारायण श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य प्रतापलाल श्रेष्ठ, केन्द्रीय सदस्य कलिला खान, रेखा थापा बस्याल लगायतले तनहुँ जिल्लामा एकीकृत समाजवादीको संगठन सुदृढीकरणमा ध्यान दिने बताएका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker