प्रतिनिधिसभा सदस्य निर्वाचन : तनहुँ–१ मा रास्वपाको दोब्बर मतले अग्रता (कुन उम्मेदवारले कति पाए मत ?)

तनहुँ : प्रतिनिधिसभा सदस्य चयनका लागि विहीबार सम्पन्न निर्वाचनको मतगणना कार्य जारी रहेको छ । तनहुँका दुई निर्वाचन क्षेत्रमा अहिले मतगणना कार्य जारी रहेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँको क्षेत्र नं. १ मा शुक्रबार बिहान १ः३० बजेबाट सुरु भएको मतगणनाको दिउँसो २ः३० बजेसम्म ९ हजार ६९ मत गणना गरिदा रास्वपा (घण्टी चुनावी चिन्हका) उम्मेदवार स्वर्णिम वाग्ले दोब्बर मतले अगाडि छन् । उनलाई नेपाली कांग्रेका उम्मेदवार गोविन्द भट्टराईले पछ्याइरहेका छन् ।
पछिल्लो सार्वजनिक मतगणनाका परिणाम अनुसार घण्टी ४९१७, रुख २१३६, सूर्य १२३७, तारा ४७१, हलो १४८, चिम ४१, माटो १३८, कैची ३, मोवाइल २, गुलाब १६, माहुरी ८, भाले १४, मादल ५ मत प्राप्त गरेका छन् ।
तनहुँ निर्वाचन क्षेत्र नं. १ मा एक लाख २६ हजार ८८२ मतदाता रहेकामा ६८ हजार १२९ मत खसेको छ । यो निर्वाचन क्षेत्रमा १६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ,










