एमाले गढ भत्काउँदै तनहुँ २ मा कांग्रेस नेता भण्डारी निर्वाचित

भञ्ज्याङ समाचारदाता/तनहुँ

गत आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मत गणना कार्य जारी छ । तनहुँ निर्वाचन क्षेत्र नं. २ को अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ भने तनहुँ निर्वाचन क्षेत्र नं. १ मा प्रत्यक्ष तर्फकै मत गणना कार्य जारी छ ।

सार्वजनिक मत परिणाम अनुसार तनहुँ निर्वाचन क्षेत्र नं. २ मा बाम-लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी निर्वाचित भएका छन् ।

भण्डारीले नेकपा एमालेका उम्मेदवार किरण गुरुङलाई ५ हजार ४७४ मतान्तरले पराजित गरेका हुन् । कांग्रेसका उम्मेदवार भण्डारीले ३० हजार ६०४ मत प्राप्त गरेका छन भने उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार गुरुङले २५ हजार १३० मत प्राप्त गरेका छन् ।

एमालेको गढका रुपमा परिचित तनहुँ निर्वाचन क्षेत्र नं. २ मा २८ वर्षपछि कांग्रेसका उम्मेदवार शंकर भण्डारीले दोश्रो पटकको प्रयासमा जित्न सफल भएका हुन् । २०५१ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेका उम्मेदवार टुकराज सिग्देललाई पराजित गर्दै कांग्रेसका उम्मेदवार अमरराज कैनी निर्वाचित भएका थिए । त्यस यताका निर्वाचनमा नेकपा एमालेले एकलौटी रुपमा जित्दै आएको थियो ।

२०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा एमालेका उम्मेदवार केदार सिग्देलसंग पराजित भएका भण्डारीले यो निर्वाचनमा नेकपा एमालेका उम्मेदवार किरण गुरुङलाई ५ हजार ४७४ मतले पछि पार्दै जित हाँसिल गर्न सफल भएका छन् ।

वि.सं. २०७४ को निर्वाचनमा तनहुँ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका कांग्रेसका नेता भण्डारी तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को गठबन्धनका उम्मेदवार सिग्देलसँग भण्डारी तीन हजार २७९ मतान्तरले पराजित भएका थिए । एमालेका सिग्देलले ३२ हजार ९२४ मत प्राप्त गर्दा भण्डारीले २९ हजार ६४५ मत प्राप्त गरेका थिए । पूर्व वनमन्त्री रहेका भण्डारीले दोस्रो प्रयासमा सोही क्षेत्रको प्रतिनिधिसभा सदस्यमा जित हासिल गरेका छन् ।

को हुन भण्डारी ?

विसं २०२५ जेठ १० गते साविक पुर्कोट गाविस हाल भानु नगरपालिका-८ मा जन्मिएका भण्डारी ठूलो दाई छत्रराज भण्डारीको प्रेरणाबाट विद्यार्थीकालदेखि नै नेपाल विद्यार्थी संघमा आबद्ध भएका थिए ।

विसं २०३६ को विद्यार्थी आन्दोलनमा सक्रियरूपमा सहभागी भएका भण्डारीले विसं २०४० मा एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षाका लागि राजधानी गएका थिए । विद्यार्थी राजनीतिमा सक्रियरूपमा सहभागी हुने क्रममा भण्डारी लौहपुरुष गणेशमान सिंहको नेतृत्वमा भएको जनआन्दोलनमा सहभागी भएका थिए ।

पार्टीको काममा सक्रिय रहेको अवस्थामा नै विसं २०४६ मा भण्डारी २९ दिन प्रहरी नियन्त्रणमा रहेका थिए । नेविसंघको राजनीतिमा सक्रिय हुने क्रममा विसं २०४८ मा त्रिचन्द्र क्याम्पसमा नेविसंघको क्याम्पस एकाइ सभापति र २०४९ मा स्ववियु सभापति बन्न सफल भण्डारी विसं २०५३ देखि भने पार्टी राजनीतिमा सक्रिय भएका थिए ।

भण्डारी विसं २०५३ मा महाधिवेशन प्रतिनिधि बन्न सफल भए । साथै भण्डारीले बालकृष्ण खाणको नेतृत्वमा गठन भएको तरुण दलको केन्द्रीय सदस्यको जिम्मेवारी सम्हाले । युवाहरूमाझ लोकप्रिय भण्डारी चितवनमा भएको तरुण दलको महाधिवशेनमा अध्यक्षका लागि चुनावी प्रतिस्पर्धामा झिनो मतले पराजित भएका थिए ।

पार्टीको १२औं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भण्डारीले दुइपटक तरुण विभागको जिम्मेवारी सम्हाले । विसं २०७० को संविधानसभा निर्वाचनमा तनहुँ क्षेत्र नं १ बाट निर्वाचित भण्डारीले वन तथा भू-संरक्षणमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । पार्टीको १३औं र १४औं महाधिवेशनबाट पनि भण्डारी केन्द्रीय सदस्यमा निर्वाचित भए ।

बाम-लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका भण्डारीले मतदातासंग आगामी पाँच वर्षमा यस क्षेत्रको विकासका लागि सबै प्रकारका पूर्वाधार तयार पार्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भने, ‘हामीसँग विशाल फाँटहरू छन्, त्यहाँ बाह्रैमास सिँचाइ सुविधा पुर्‍याएर कृषिमा कम्तीमा आत्मनिर्भर बन्ने, उपयोगमा नआई खाली रहेका जमिनमा फलफूल, तरकारी, जडीबुटीलगायत कृषि उत्पादन वृद्धि गरी निर्यातसमेत गर्न पहल गरिनेछ ।’

‘आवश्यक विकासका पूर्वाधारहरू पहिचान गर्दै समन्वय र सहकार्यबाट विकास गरी यस क्षेत्रलाई नमूना बनाउन पहल गर्छु, उनले भने, ‘यस क्षेत्रमा सुविधासम्पन्न अस्पताल स्थापना गर्ने, यस क्षेत्रलाई तराइसँग जोड्ने दु्रतमार्ग निर्माण गर्ने, भिमादबाट पूर्व पश्चिम राजमार्ग जोड्ने सुरुङमार्गको सम्भाव्यता अध्ययन, औद्योगिक क्षेत्र स्थापना गर्न मेरो पहल रहनेछ ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker