व्यास नगरपालिकाको वडा नं. ५ मा ६९७ जनालाई निस्सा वितरण

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिका वडा नम्बर ५ मा ६९७ जनालाई निस्सा वितरण गरिएको छ । भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया स्वरुप ६९७ जनालाई निवेदन दर्ताको निस्सा वितरण गरिएको हो ।

सो क्रममा अव्यवस्थित बसोबासीतर्फ ६३५ जना, भुमिहिन दलित तर्फ ४५ जना र भुमिहिन सुकुम्वासी तर्फ १७ जनालाई निस्सा वितरण गरिएको वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले बताए । कार्यक्रममा नगरप्रमुख बैकुण्ठ न्यौपानेले सरकार भूमिहिनलाई भूमिको अपनत्व दिलाउने प्रक्रियामा लागेको बताए । नगरपालिकाको एउटा वडा बाहेक सबै वडामा निस्सा वितरणको काम सकिएको र तत्काल नापीका लागि प्राविधिकको व्यवस्था गरेर खटाउने निर्णय गरिएको न्यौपानेले बताए ।

भूमि आयोगका जिल्ला सदस्य श्रीराम कार्कीले यहि भूमि आयोगले नै सबै समस्याको समाधान गर्ने बताए । जिल्लाको देवघाट र आँबुमा जग्गाको नाँपजाँच शुरु भएको हुँदा अब अन्य पालिकामा पनि कामले गति लिने बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker