शुक्लागण्डकीका दुई वडाध्यक्षसहित नेकपा एस नगर सचिव र अनेरास्ववियूको कमिटी एमालेमा समाहित
भञ्ज्याङ न्यूज

तनहुँको शुक्ला गण्डकी नगरपालिकाका दुई जना वडाध्यक्ष र नेकपा एकीकृत समाजवादीका नगर कमिटी सचिवसहितका तीन वटा वडा कमिटी एमालेमा समाहित भएका छन् ।
एमालेका उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ, स्थायी कमिटी सदस्य किरण गुरुङ, केन्द्रीय कमिटी सदस्य भगवती न्यौपाने, जिल्ला कमिटी अध्यक्ष श्रीप्रसाद श्रेष्ठ लगायतका नेताहरुको उपस्तिथिमा शुक्रवार आयोजित कार्यक्रममा शुक्लागण्डकी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष रामकुमार श्रेष्ठ, वडा नम्बर ७ का वडाध्यक्ष दीर्घबहादुर थापा तथा तीन वटा वडा कमिटी एमालेमा समाहित भएका हुन् ।

श्रेष्ठ र थापा एमाले विभाजनपछि नेकपा एसमा सनाखत गरेका थिए ।
त्यस्तै सोही कार्यक्रममा नेकपा एसका तनहुँ जिल्ला कार्यालय सदस्य तथा शुक्लागण्डकी नगर कमिटीका सचिव कमल ढकालसहित ६ जना जिल्ला कमिटी सदस्य पनि एमालेमा फर्किएक छन ।

नेकपा एस निकट अनेरास्ववियूका गण्डकी प्रदेश सचिव गोविन्द महतसहित सो संगठनको जिल्ला कमिटी पनि एमालेमा समाहित भएको अनेरास्ववियुका गण्डकी प्रदेश संयोजक प्रकाश पौडेलले बताए ।











