सवारी दुर्घटना जोखिम बढेपछि १० दिनसम्म बाटो बन्द

भञ्ज्याङ समाचारदाता/ऋषिङ

तनहुँको ऋषिङ गाउँपालिकाले झापुटार-भिर्कोट सडक खण्ड बन्द गरेको छ । बन्दै गरेको सडकमा दिनहुँ दुर्घटना भएर जनधनको क्षति हुन थालेपछि गाउँपालिकाले उक्त सडक खण्ड १० दिनसम्म बन्द गरी मर्मत सुधारको काम गर्ने भएको हो ।

गत मंगलबार ठाडो बाटोमा ब्रेक फेल भएर जीप दुर्घटनामा एक तथा बुधबार स्कुटर दुर्घटना हुँदा दुइ जनाको ज्यान गएको थियो । सडकका कारण दुर्घटना निम्तिएको निष्कर्ष निकाल्दै गाउँपालिकाले सडक मर्मत नसकिंदासम्म सार्वजनिक यातायातका साधन चल्न नदिने निर्णय गरेको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए । उनले भने, ‘भौतिक पूर्वाधार कार्यालय तथा सडक डिभिजनका अधिकारीहरुसँग छलफल गरेर काम तत्काल सक्नका लागि समेत अनुरोध गरेका छौं ।’

वडा नं. १ को धारापानीको उकालोमा सडक ढलानको काम भैरहेको छ । एक खण्डमा एक सय २५ मिटर ढलान मध्ये आधा भागको काम सकिएको छ । अर्को भागको ढलान बाँकी हुँदै गर्दा दिनहुँ दुर्घटना भएपछि अब काम १० दिनभित्र सक्ने शर्तमा शुक्रबारबाट काम रोक्न लगाइएको अध्यक्ष श्रेष्ठले बताए ।

ऋषिङ-४ का वडाध्यक्ष भोजराज रानाभाटले सडकको ढलान हुँदा उचाइ बढेको र ठाडो उकालोमा नियन्त्रण गुमाउँदा दुर्घटना भएको निष्कर्ष पछि यातायात रोक्न लागिएको बताए । उनले मोटरसाइकल चालकलाई सावधानीपूर्वक मात्र यात्रा गर्न भनिएको भन्दै काम सके पछि मात्र जीप चल्न दिइने बताए ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत २८ लाख रुपैयाँमा सडकको एक सय २५ मिटर खण्डको ढलानको काम चलिरहेको छ । निर्माण कार्य गरिरहेको बेलु निर्माण सेवाका सुवर्ण श्रेष्ठले आफूहरुले १० दिनभित्र नै काम सक्ने भन्दै यातायात आगमन नभएमा काम सक्न समेत सहज हुने बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker