नृत्य प्रतियोगिता

तनहुँको दमौलीमा शनिबार एनप्याब्सन तनहुँले दमौलीमा आयोजना गरेको अन्तर विद्यालय नृत्य प्रतियोगितामा नृत्य प्रस्तुत गर्दै विद्यार्थीहरु । प्रतियोगितामा लाली गुराँस विद्या सागर प्रथम, न्यू मनकामना द्धितीय, दमौली पब्लिक इङ्ग्लिस स्कूल तृतीय हुन सफल भएका छन् भने आदर्श विद्या गृह, ग्रीन स्टार सेकेण्डरी बोर्डिङ स्कुल र तनहुँ ताराले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका छन् ।

यस्तै, एनप्याब्सनले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा न्यू मनकामना इङ्ग्लिस बोर्डिङ स्कुल प्रथम, ग्रिनस्टार सेकेन्डरी बोर्डिङ स्कुल द्धितीय, पराशर सेकेन्डरी बोर्डिङ स्कुल तृतीय र दमौली पब्लिक इङ्ग्लिस बोर्डिङ स्कुलले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका छन् । विद्यार्थीमा रहेका प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यसहित आयोजित अन्तर विद्यालय नृत्य प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई क्रमशः रु १६ हजार, रु १२ हजार र रु आठ हजार रुपैयाँ तथा सान्त्वना हुने तीन वटा विद्यालयलाई रु तीन हजारका दरले पुरस्कार प्रदान गरिएको छ ।

यस्तै, अन्तर विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई क्रमशः रु चार हजार, रु तीन हजार र रु दुइ हजार तथा सान्त्वना हुने विद्यालयलाई रु एक हजार प्रदान गरिएको छ । प्रतियोगितामा प्रथम र द्वितीय हुने विद्यालयले प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुन पाउने छन् ।

तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker