तनहुँमा ५२ प्रतिशत विकास बजेट खर्च

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँमा आर्थिक वर्ष २०७८/७९ मा ५२ प्रतिशत विकास बजेट खर्च भएको छ । उक्त वर्ष संघ र प्रदेश सरकारबाट विनियोजित कूल विकास बजेट रु पाँच अर्ब ९५ करोड ३६ लाख ३६ हजार छ सय ९० मध्ये आधा बजेट मात्र खर्च भएको हो ।

उक्त अवधिमा जिल्लामा रु तीन अर्ब १२ करोड ६१ लाख नौ हजार आठ सय ३५ मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँले जनाएको छ । प्रमुख कोष नियन्त्रक किशोरकुमार श्रेष्ठका अनुसार उक्त वर्ष खर्च हुन नसकेर रु दुइ अर्ब ८२ करोड ७५ लाख ३६ हजार आठ सय ५५ फिर्ता भएको छ ।

संघ सरकारबाट दुइ अर्ब २३ करोड ७७ लाख ९९ हजार छ सय एक खर्च हुन नसकी फिर्ता भएको छ भने प्रदेश सरकारबाट रु ५८ करोड ९७ लाख ३७ हजार दुइ सय ५४ खर्च हुन नसकेको कार्यालयले जनाएको छ । संघ सरकारबाट उक्त वर्ष विकास बजेटतर्फ रु तीन अर्ब ६२ करोड २९ लाख ६३ हजार छ सय ९० विनियोजन भएको थियो । उक्त वर्ष रु एक अर्ब ३८ करोड ५१ लाख ६४ हजार ८९ मात्रै खर्च भएको कार्यालयले जनाएको छ ।

प्रदेश सरकारबाट विकास बजेटतर्फ रु दुइ अर्ब ३३ करोड ६ लाख ८३ हजार विनियोजन भएकामा रु एक अर्ब ७४ करोड नौ लाख ४५ हजार सात सय ४६ मात्रै खर्च भएको छ । संघ सरकारको विकास बजेर्टखर्च ३८ प्रतिशत र प्रदेश सरकारको रु ७४.६८ प्रतिशत छ ।

चालुतर्फ भने ९५ प्रतिशत बजेट खर्च भएको छ । चालुतर्फ रु आठ अर्ब ६२ करोड २८ लाख दुइ हजार आठ सय ८७ बजेट खर्च भएको छ । चालुतर्फ कर्मचारी, शिक्षक लगायतको बजेट रहने भएकाले खर्च बढी हुने गरेको कार्यालयले जनाएको छ । प्रदेश सरकारबाट चालुतर्फ रु ८५ करोड ४४ लाख ३३ हजार र पुँजीगततर्फ रु दुइ अर्ब ३३ करोड छ लाख ८३ हजार विनियोजन भएको थियो ।

संघ सरकारअन्तर्गत भानुभक्त प्राणी उद्यानले पुँजीगततर्फ रु एक करोड ७२ लाख ३० हजार छ सय १६, सडक डिभिजन कार्यालयले रु ४३ करोड ७९ लाख ८५ हजार आठ सय ८०, मुग्लिङ पोखरा सडक योजना -पूर्वी खण्ड)ले रु ५७ करोड चार लाख ४२ हजार ९६, जगदल गणले रु एक करोड २० लाख नौ हजार ७७, नयाँ शहर आयोजना कार्यालयले रु १० करोड ३४ लाख ७१ हजार छ सय सात, शिक्षा विकास तथा समन्वय इकाईले रु छ करोड ५५ लाख ४८ हजार सात सय ५१, जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रले रु एक करोड ३८ लाख छ हजार दुइ सय दुइ खर्च गरेको छ ।

भानु नगरपालिकाले रु एक करोड ८६ लाख नौ हजार, भिमाद नगरपालिकाले रु एक करोड ४४ लाख २७ हजार छ सय नौ, व्यास नगरपालिकाले रु ५५ लाख १७ हजार तीन सय १२, ऋषिङ गाउँपालिकाले रु ७५ लाख ७० हजार, देवघाट गाउँपालिकाले रु एक करोड २३ लाख ३० हजार छ सय सात र म्याग्दे गाउँपालिकाले रु एक करोड ४१ लाख ८० हजार पाँच सय १३ खर्च गरेको छ ।

प्रदेश सरकारअर्न्तर्गत भेटरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले रु दुइ करोड ९० लाख ३१ हजार एक सय ५१, डिभिजन वन कार्यालयले रु एक करोड ६४ लाख ९९ हजार ४८, भू तथा जाधाार व्यवस्थापन कार्यालयले रु चार करोड २९ लाख ९८ हजार पाँच सय ३४, पर्ूवाधार विकास कार्यालयले रु ८३ करोड ३४ लाख पाँच हजार चार सय २६, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले रु १६ करोड ३६ लाख ५७ हजार चार सय १३, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले रु ५८ लाख ५६ लाख छ हजार चार सय चार खर्च गरेको छ ।

कालिगण्डकी बहुप्राविधिक शिक्षालयले रु एक करोड १७ लाख ५५ हजार सात सय १६, सामाजिक विकास कार्यालयले रु दुइ करोड ५२ लाख ४२ हजार दुइ सय ९१, दमौली अस्पतालले रु ४५ लाख ७५ हजार तीन सय २४, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले रु १६ लाख ४३ हजार दुइ सय ३५ खर्च गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker