शहीद र बेपत्ताले देखेको सपना पूरा गर्नु पर्दछ : अर्थमन्त्री बराल

भञ्ज्याङ समाचारदाता/बन्दिपुर

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले शहीद र बेपत्ताले देखेको सपना पूरा गर्नु सबैको दायित्व भएको बताएका छन् । बन्दिपुर गाउँपालिका-१ को नवनिर्मित कार्यालय भवन उद्घाटन गर्दै अर्थमन्त्री बरालले शहीद र बेपत्ताको योगदानको उच्च कदर गर्दै अघि बढ्न जोड दिएका छन् । मन्त्री बरालले अझै राजनीतिक अवस्था जटिल बन्दै गएको चर्चा गर्दै अहिले सबै गम्भिर भएर सोच्नुपर्ने अवस्थामा आईपुगेको बताएका छन् ।

प्रदेशलाई संघीय सरकारले ३० प्रतिशत मात्रै बजेट दिने हुँदा जनताको माग अनुसार विकासका योजना दिन नसकेको अर्थमन्त्री बरालले बताए । जनताको आकार्षण प्रदेश सरकार प्रति बढेको भन्दै उनले प्रदेश सरकारसंग बजेट कमि भएकाले सोचे अनुरुप काम नसकेको बताए । संघ सरकारले प्रदेश र स्थानीय सरकारलाई बढिभन्दा बढि अधिकार दिनुपर्छ भनेर लागिपरेको भन्दै उनले बाढि पहिरोबाट पीडित भएकालाई प्रदेश सरकारले सहयोग समेत गरेको बताए ।

भवन उद्घाटन समारोहमा गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले गाउँपालिकाले संस्थागत रुपमा निर्णय गरी बनाएको बीस बर्षे गुरुयोजनाको निर्देशनमा रहेर काम गर्दै अघि बढेको बताए । पर्यटन, कृषि, ऐतिहासिक र साँस्कृतिक लगायतका क्षेत्रको प्रबर्द्धन गरी पर्यटक भित्र्याउने लक्ष्य अनुरुप गाउँपालिकाले आफ्नो योजना प्रक्रिया अघि बढाएको बताए ।

‘बन्दिपुरमा एग्रो टुरिजमको अवधारणलाई समेत अघि सारिएको छ । पर्यटकहरुलाई खेतबारी लैजाने योजना अनुरुपम केही किसानहरुले व्यवसायिक रुपमा खेती शुरु गरेका छन् । धान, मकै,सुन्तला र तरकारी खेतीलाई प्रबर्द्धन गर्नको लागि पकेट क्षेत्र समेत घोषणा गरेको छ । चक्लाबन्दी क्षेत्रमा प्याज खेती गर्ने र बजारीकरण र बीउ मल पालिकाले व्यवस्था गरेर किसानलाई प्रोत्साहन गर्न लागेको छ’, अध्यक्ष थापाले भने, ‘गाउँपालिकालाई बाख्राको पकेट क्षेत्र बनाउने अभिायनको रुपमा अघि बढाएको छ ।

बाख्रा पालन व्यवसायलाई प्रबर्द्धन गर्नको लागि करिब पैतिस हजार बिरुवा लगाइसकिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका भित्र रहेका ६ वटा माध्यमिक विद्यालयहरुमा होस्टेल सहितको सुविधा प्रदान गरेर नमुना विद्यालय छनौट हुन सफल भएको छ ।’ नागरिकको दैलोमा स्वास्थ्यकर्मी भन्ने मुल नाराका साथ प्रत्येक वडामा महिनामा एक पटक डाक्टरले निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको बताउँदै उनले बन्दिपुर अस्पतालमा हाल रहेको ३५ बेड शैय्याबाट बढाएर ५० शैय्या क्षमताको बनाउने कार्य भइरहेको बताए ।

वि.सं. २०७६ जेठ ११ गते शिलान्यास गरी शुभारम्भ गरिएको भवन हालै सम्पन्न गरिएको हो । १ करोड रुपैयाँको लागतमा भवन निर्माण गरिएको वडाअध्यक्ष भानुभक्त पोख्रेलले बताए । वडा कार्यालय भवन निर्माणका लागि जिल्ला समन्वय समिति तनहुँले गाउँपालिकालाई ८० लाख रुपैयाँ निकासा गरेको थियो । त्यसमा थप रकम गाउँपालिकाले बेहोरेको छ ।

वडा कार्यालयको भवन निर्माणका लागि बन्दिपुर गाउँपालिका १ का कृष्णराज अधिकारीले ८ आना, कास्कीको घान्द्रुकका कुलप्रसाद गुरुङले ८ आना, बन्दिपुर गाउँपालिका १ का सुनिल अधिकारीले ३ आना, पोखराका होमबहादुर थापा, पूर्णकुमारी बराल, मोहनकुमारी कटुवाल र मानबहादुर थापाले संयुक्त रुपमा ८ आना जग्गा दान दिएका थिए । जग्गा दाताहरुलाई भवन उद्घाटन समारोहमा सम्मान गरिएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker