बाढिले वन्टाङ खोलाको कज्वे बगायो

सोमबार रातीदेखि परेको झरीका कारण आएको बाढीले तनहुँको भिमाद नगरपालिकास्थित वन्टाङ खोलाको कज्वे भत्काएको छ । कज्वे भत्किएपछि ऋषिङ पाटनका बासिन्दालाई भिमाद तर्फ आउजाऊ गर्न तथा सवारीसाधान सञ्चालन कार्य अवरुद्ध भएको छ ।

वर्खायाममा यस क्षेत्रका बासिन्दाले खोला वरपार गर्न समस्या झेल्नुपरेपछि तनहुँ जलविद्युत आयोजनाले वन्टाङ खोलामा पक्की पुल निर्माण गर्ने तयारी गरेको छ । तस्विर : भञ्ज्याङ










