दुइ चरणमा तनहुँमा खोप अभियान, ९४ वटा खोप केन्द्रबाट १५ हजार बढी नागरिकलाई खोप लगाउने लक्ष्य

निशा थापा मगर (दमौली)

तनहुँमा आज आइतबारदेखि कोभिड-१९ विरुद्धको दोस्रो चरणको खोप अभियान सुरु गरिने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले फागुन २३ गतेबाट २७ गतेसम्म र २८ गतेबाट चैत २ गतेसम्म गरी दुइ चरणमा खोप अभियान सञ्चालन गर्ने तयारी गरेको हो । कार्यालयले शनिबार पत्रकारहरुसंग अभिमुखिकरण कार्यक्रम गरी प्रमुख शंकरबाबु अधिकारीले कोभिड-१९ विरुद्धको खोप अभियान दुइ चरणमा गरी सञ्चालनको तयारी गरिएको जानकारी गराए । प्रमुख अधिकारीले तनहुँमा दोस्रो चरणको खोप अभियान अन्तर्गत दश वटा स्थानीय तहका ६५ वर्ष उमेर समूहका करिब १५ हजार भन्दा बढी ज्येष्ठ नागरिकहरुलाई खोप लगाउने लक्ष्य राखिएको बताए ।

कार्यालयले फागुन २३ देखि २७ गतेसम्म व्यास नगरपालिका, भानु नगरपालिका, बन्दिपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकामा खोप कार्यक्रम सञ्चालन गरिने छ । फागुन २८ देखि चैत्र २ गतेसम्म शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका र म्याग्दे गाउँपालिकामा लगाइने कार्यक्रम तय गरिएको प्रमुख अधिकारीले बताए ।

खोप अभियानका लागि स्वास्थ्य कार्यालयले २६६ जना स्वास्थ्यकर्मी, ४२५ जना स्वयंसेवकहरुलाई तयार गरिएको प्रमुख अधिकारीले जानकारी गराए । यस्तै, आकस्मिकताका आधारमा स्वास्थ्यकर्मी परिचालन गर्नका लागि विशेष इएफआई व्यवस्थापन टोली समेत गठन गरिएको स्वास्थ्य कार्यालय तनहुँका फोकल पर्सन विरेन्द्र चौधरीले जानकारी गराए ।

तनहुँका ८५ वटा वडाका ९४ वटा स्वास्थ्य कार्यालयबाट लगाइने कोभिडशिल्ड खोप उपलब्धताको आधारमा ५५ वर्ष माथिका उमेर समुहका शिक्षकहरु र सवारीचालक तथा सहचालकहरुलाई समेत लगाइने चौधरीले बताए ।

यस्तै, विभिन्न चरणको परिक्षण पश्चात खोप स्वीकृत भएर समुदायमा जान लागेकाले ढुक्क भएर खोप अभियानमा सरिक हुन स्वास्थ्य प्रमुख अधिकारीले आग्रह गरेका छन् । हालम्म कुनै पनि गम्भिर समस्या उत्पन्न नभएकाले यसबाट सबैले पूर्ण सुरक्षाको प्रत्याभूति गर्नुपर्ने अधिकारीको भनाई थियो ।

कोभिड-१९ को प्रभाव र संक्रमणको बढी जोखिममा रहेका उमेर समूहका आधारमा खोपको प्रथामिकता निर्धारण गरिएको उनले जानकारी दिए । रोग लाग्ने दर र रोगबाट मृत्युदर घटाउने उद्देश्यले खोप अभियान सञ्चालन गरिएकाले यस अभियानलाई सबैले आ-आफ्नो ठाँउबाट सघाउनुपर्नेमा अधिकारीले जोड दिएका थिए ।

कोभिडशिल्ड गम्भिर प्रकृतिका एलर्जी भएको खण्डमा, गर्भवती महिला र कोभिडको सक्रिय संक्रमित भएको अवस्थामा र प्लाजमा थेरापीको करिब तीन महिना सम्मको अवस्था बाहेक अन्य अवस्थामा लगाउदा यसको ८१ प्रतिशतसम्म प्रभावकारिता रहने विश्वास गर्न सकिने स्वास्थ्य कार्यालयले जनाएको छ । तनहुँमा पहिलो चरणको खोप अभियानबाट ५ हजार जना लाभन्वित भएका थिए भने दोस्रो चरणमा दशवटै पालिकाका १५ हजार बढी नागरिक लाभान्वित हुने लक्ष्य लिइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker