स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्रलाई तयारी अवस्थामा राखिने

दमौली : तनहुँको व्यास नगरपालिकाले स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्रको अनुगमन तथा अवलोकन कार्यक्रम गरेको छ । नगरप्रमुख बैंकुण्ठ न्यौपानेको संयोकत्वमा आयोजित उक्त कार्यक्रमका सहभागिहरुले चौबिसै घण्टा केन्द्र सञ्चालन गरी कुनै पनि बेला आइपर्न सक्ने विपद्का लागि तयार अवस्थामा रहने निर्णय गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशी राम गैरे, जिल्लाका सुरक्षा निकायका प्रमुखहरु, नगर विपद् व्यवस्थापन समितिका पदाधिकारी र व्यास नगरपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको उक्त बैठकले बिगत केही वर्ष अघि नै स्थापना गरिएको स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्रमा स्रोत र साधनको अभावका कारण निश्क्रिय रुपमा रहेकामा अबका दिनमा विपद् आईपर्दा तत्काल राहत र उद्दार गर्ने गरी केन्द्रलाई पूर्ण र सक्रिय रुपमा संचालन गर्ने गरी अगाडि बढ्ने निर्णय गरेको छ ।
उक्त आपतकालिन संचालन केन्द्रमा तत्काल उद्दारको लागि चाहिने अत्यावश्यक सामग्री राखिएको हुँदा केन्द्रलाई चौबिसै घण्टा संचालन गरी कुनै पनि बेला आईपर्न सक्ने विपद्को लागि तयार अबस्थामा राख्नुपर्ने सहभागि वक्ताहरुले जोड दिएका थिए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker