व्यास नगरपालिकाद्वारा एकीकृत घुम्ती शिबिर सञ्चालन

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाले एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेले वडा नं. १ को वडा कार्यालय भवनबाट एकीकृत घुम्ती शिविरको शुभारम्भ गरेका छन् ।

विशेषगरी ग्रामीण क्षेत्रका नगरबासिलाई एकैथलोबाट नगरपालिकाबाट प्रवाह गर्ने सेवा सहज रुपमा प्रदान गर्ने उद्देश्यका साथ एकीकृत घुम्ती शिविर कार्यक्रम सञ्चालनमा ल्याएको नगरप्रमुख न्यौपानले बताए ।

स्वास्थ्य तथा जनसंख्या शाखाबाट बिशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण, पाठेघरको मुख र स्तान क्यान्सर परीक्षण, एचआइभी, टिबि, औलो रोग, मधुमेह, उच्च रक्तचाप परीक्षण हुने व्यास नगरपालिका स्वास्थ्य शाखाका प्रमुख प्रमोद सोतीले बताएका छन् ।

उनका अनुसार स्वास्थ्य चौकीमा २२५ जना नागरिकले पाठेघर सुगर जाँच खकार, स्तान लगायतका परीक्षण गरेका थिए । त्यसैगरी आयुर्वेद स्वास्थ्य तर्फ १२७ जनाले सेवा लिएका थिए । जसमा महिला १०० र पुरुष २७ जनाले सेवा लिएको प्रमुख सोतीले बताए ।

वडा नं १ को कार्यालयबाट सञ्चालनमा ल्याइएको शिविर नगरपालिकाको वडा नं. १ र ५ देखी १४ सम्मका वडाहरुमा सञ्चालन गरिने भएको छ । पुस २० गतेसम्म सञ्चालन गरिने एकीकृत घुम्ती शिविरमा नगरपालिकाबाट सम्पादन हुने विविध कार्यहरु शिविर मार्फ वडाबाटै प्रदान गर्ने व्यवस्था मिलाइएको प्रमुख प्रशाकीय अधिकृत हरिराम नागिलाले बताए ।

व्यास नगरपालिकाको वडा नं. २, ३ र ४ बाहेक सबै वडाहरुमा शिबिर संचालन गरिने नागिलाले बताए । उनका अनुसार प्रशासन शाखाबाट सामाजिक सुरक्षा भत्ता कार्ड बितरण, पञ्जिकरण इकाईबाट व्यक्तिगत घट्ना दर्ताको व्यवस्था मिलाइएको छ ।

यस्तै, योजना शाखाबाट योजना सम्झौता, किस्ता सिफारिस गरिने छ भने कृषि उपशाखाबाट बालीहरुमा देखापर्ने रोगको जैविक बिषदी बितरण, तरकारीका उन्नत बीउ बितरण र कृषकलाई प्राविधिक परामर्श प्रदान गरिने भएको छ । कोभिड-१९ को खोप, आङखस्ने समस्या जाँच र उपचार, औषधी बितरण, स्वास्थ्य समस्याहरुको परामर्श सेवा र दुइबर्ष मूनिका बालबालिकाहरुको बृद्धि अनुगमन र पोषण सम्बन्धी सेवा प्रदान गरिने भएको छ ।

पशु स्वास्थ्य सेवाको लागि उपचार, रोग निदान, माइनर सर्जिकल, पशु स्वास्थ्यका लागि औषधी बितरण र पशु भ्याक्सिन लगायतका सेवा पशुपन्छी उपशाखाबाट प्रदान गर्न व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ । महिला बालबालिका तथा समाजकल्याण उपशाखाबाट ज्येष्ठ नागरिक परिचयपत्र वितरण, अपाङ्गता परिचयपत्र र महिला विकास सम्बन्धी जनचेतना अभिबृद्धि गरिने भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker