विद्यालयमा शिक्षक राख्न अक्षयकोष स्थापना

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिका-१३ पोखरीभञ्ज्याङस्थित जनजागृति गङ्गा माध्यमिक विद्यालयमा एक शिक्षक राख्न अक्षयकोष स्थापना गरिएको छ । सोही वडास्थित आँपस्वाँरा सामुदायिक दलित होमस्टे र हेमसन इष्टिच्युटको सहकार्यमा आठ लाख २४ हजार १ रुपैयाँको अक्षयकोष स्थापना गरिएको हो ।

विद्यालयको ५१औं वाषिर्कोत्सव एवं अभिभावक दिवसको अवसरमा होमस्टेका अध्यक्ष रेशमबहादुर विकले व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपाने मार्फ विद्यालयका प्रधानाध्यापक चन्द्रमणि कोइरालालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन् ।

विद्यालय र होमस्टेको नाउँमा राखिएको अक्षयकोष रकमबाट प्राप्त हुने ब्याजले विद्यालयमा निजी स्रोतका शिक्षक राखेर पठनपाठनमा सहज बनाइने भएको छ । तल्लो तहका विद्यार्थीलाई गुणस्तर शिक्षा प्रदान गर्ने उद्देश्यले दक्ष शिक्षक राखेर पठनपाठन कार्यलाई सहज बनाउने योजना रहेको अध्यक्ष विकले बताए। उनले भने, ‘सुरु कक्षाको शैक्षिक गुणस्तर राम्रो भयो भने माथिल्ला कक्षामा राम्रो प्रभाव पर्नसक्ने विश्वास गरिएको छ ।’

उक्त विद्यालयमा अहिले करिब १७ लाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना गर्न सफल भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकले जानकारी दिए । विद्यालयमा दलित, जनजाति, गरिब र विपन्न समुदायका गरी २१३ विद्यार्थी अध्ययनरत छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker