आँबुखैरेनी क्याम्पसलाई गाउँपालिकाले बस उपलब्ध गराउने

आँवुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित आँबुखैरेनी क्याम्पसलाई बस उपलब्ध गराइने भएको छ । क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई आवतजावतमा सहयोग पु¥याउने उद्देश्यले आँवुखैरेनी गाउँपालिकाले क्याम्पसलाई बस उपलब्ध गराउन लागेको हो ।
बस उपलब्ध गराउने विषयमा गाउँपालिका र क्याम्पसबीच बुधबार सहमतिपत्रमा हस्ताक्षर भएको छ। गाउँपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्मा र क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख धु्रवदत्त शर्माले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको सहज रुपमा आवतजावत सुनिश्चित गर्न गाउँपालिकाले बस सेवा सञ्चालन गर्न लागेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । गाउँपालिकाले क्याम्पसलाई बस सेवा उपलब्ध गराउने र क्याम्पसले बस सञ्चालनका लागि चालकलाई तलबभत्ताको व्यवस्था गर्ने सहमति भएको चुमानले बताए ।
गाउँपालिकाका नेतृत्वले देखाएको गम्भीरता र शिक्षामा गरिरहेको लगानीले दीर्घकालिन रुपमा स्थानीय विकासमा महत्वपूर्ण प्रभाव पार्ने क्याम्पस प्रमुख शर्माले बताएका छन् ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker