सरकार र स्थानीय प्रशासनको आदेश उल्लंघन गर्दै माओवादी केन्द्रको टोल भेला र अधिवेशन
भञ्ज्याङ न्यूज

कोभिड-१९ कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण समुदायस्तरसम्म फैलिसकेको छ । संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि सरकार तथा स्थानीय प्रशासनले भिड्भाड तथा कुनैपनी राजनीतिक दललाई सभा सम्मेलन नगर्न भन्दै आदेश जारी गरेका छन।
तर, यो आदेशको उल्लंघन गर्दै नेकपा माओवादी (केन्द्र) बन्दिपुरले टोल भेला र अधिवेशन गरेको छ । स्वस्थ सुरक्षाका कुनैपनि मापदण्ड नअपनाइ शुक्रवार नेकपा माओवादी (केन्द्र) बन्दिपुरको वडा नं २ स्थित कुवादी आर्थुम्का टोल कमिटी गठन गरिएको छ ।
उक्त भेलाले सन्सरी गुरुङ अध्यक्ष र राधिका भुजेल सचिब रहनेगरी १३ सदस्यीय टोल कमिटी गठन गरेको छ ।
नेपाल सरकार तथा जिल्ला प्रशासन कार्यालय तनहुँले र स्थानिय निकायले समेत सूचना जारी गरी आमनागरिकले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन आग्रह गर्दै कुनै पनि सभा सम्मेलन गर्न रोक लगाएता पनि बन्दिपुरमा भने यसलाई चुनौती दिँदै खुलमखुल्ला विना मास्क र स्वास्थ्य सुरक्षा मापदण्ड विना कार्यक्रम गरेर सरकारकाे खिल्ली उडाएको देखिएको छ ।










