तनहुँको व्यास नगरपालिकाको विशेष नगरसभा आव्हान

  • भञ्ज्याङ समाचारदाता (दमौली)

तनहुँको व्यास नगरपालिकाले विशेष नगरसभा आव्हान गरेको छ । वडा नं. १० स्थित कालिडाँडा होमस्टेमा सोमबार नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको नियमित बैठकले नगरसभा आव्हानको निर्णय गरेको छ ।

व्यास नगरपालिका नीजि साझेदारी ऐनको मस्यौदा प्रस्ताब र आर्थिक ऐन संसोधन प्रस्ताब पारित गरि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद-४ को दफा १९ अनुसार पुस ७ गते दिउँसो १:०० बजे विशेष नगरसभा आव्हान गरेको हो ।

नगरपालिकाले फोहोरमैला केन्द्र व्यवस्थापन सम्बन्धि कार्यविधि, २०७७ पारित गरेको नगर प्रवक्त एवं वडा नं. ५ का अध्यक्ष मोहन कुमार श्रेष्ठले जानकारी गराएका छन् । नगरपालिका फोहोरमैला व्यवस्थापन सम्बन्धी संघीय मन्त्रालयबाट प्रस्तावित प्रस्ताव वातावरण विभागमा पेश गरिएकोमा अनुमोदन गरिएको उनले बताए । नेपाल सरकार अर्थ मन्त्रालयबाट जारि गरिएको सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने सम्बन्धी मापदण्ड, २०७७ लाई कार्यान्वयन गर्ने निर्णय समेत नगर कार्यपालिकाको बैठकले गरेको छ ।

यस्तै, व्यास-१० स्थित कालिडाँडा होमस्टेसम्म जाने यातायात सुगमताका लागि कालोपत्रे गर्नका लागि लागत इष्टमेट गर्न पूर्वाधार शाखालाई निर्देशन दिने बैठकले निर्णय गरेको छ । नगरपालिका समेतको साझेदारीमा निर्माण भएको कालिडाँडा सामुदायीक होमस्टे पाहुना घरको नगरप्रमुख बैकुण्ठ न्यौपानेले गरेका छन् । अर्जुन गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नगर उपप्रमुख मीरा जोशी, प्रमुख प्रशासकीय अधिकृत डिल्लिराम सिग्देल, वडा अध्यक्ष तुलसिराम सापकोटा, सम्झना गुरुङ, नरबहादुर गुरुङ लगायतले शुभकामना व्यक्त गरेका थिए ।

व्यास-७ का वडा अध्यक्ष शतिशचन्द्र न्यौपानेकी माता हरिकुमारी न्यौपानेको दुःखद निधन भएकोमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति नगरपालिकाले समवेदना व्यक्त गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker