तनहुँमा “नमूना पशुपंक्षी अस्पताल”

रासस/तनहुँ

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँ परिसरमा निर्माणाधीन ‘नमूना पशु अस्पताल’ को निर्माण कार्य ५० प्रतिशत बढी भएको छ । डेढ वर्षभित्र सम्पन्न गर्ने गरी इको बिल्डर्स प्रालि चितवनले निर्माणको जिम्मा पाएपछि निर्माण कार्य अघि बढाइएको हो । आगामी पुस महिनाभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

गण्डकी प्रदेश सरकारको रु चार करोड नब्बे लाख लागतमा भ्याट बाहेक उक्त निर्माण कम्पनीले ठेक्का सम्झौता गरी लिएको हो । करिब छ सय पाँच स्क्वायर मिटर क्षेत्रफलमा दुइ ब्लकमा पशु अस्पताल निर्माण कार्य भैरहेको सहरी विकास तथा भवन निर्माण संघीय तथा कार्यन्वयन एकाई कास्कीका साइट इन्जिनियर शिव सुनारले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘पहिलो चरणमा सेमी ढलानसहितको तीन तले भवन निर्माण गर्न लागिएको हो ।’ बहुवर्षीय योजनाअन्तर्गत अस्पतालको भौतिक संरचना विस्तार गर्दै लैजाने योजना रहेको छ । गण्डकी प्रदेश सरकारको कूल रु १० रोडको लागतमा उक्त अस्पताल भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

देशका ७७ जिल्लामध्ये पहिलो चरणमा कास्की र तनहुँमा पशु अस्पताल निर्माण हुन लागेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँका प्रमुख एवं वरिष्ठ पशु विकास अधिकृत डा बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । अस्पतालको भवन निर्माण पश्चात् आधुनिक उपकरण जडानसहित दक्ष जनशक्तिले पशुपंक्षीको उपचार गर्नेछन् । भवनको भुइ तलामा व्यवस्थित प्रयोगशाला, भिडियो एक्सरे, एक्सरेको साथसाथै प्रविधिक जनशक्ति व्यवस्था गरिने छ ।

दमौलीमा पशु अस्पताल बनेपछि तनहुँ सहित छिमेकी जिल्ला गोरखा, लमजुङ र नवलपरासी लगायतका आसपास क्षेत्रमा सेवा पुर्‍याउन सकिनेछ । पशु धनलाई क्षति हुनबाट जोगाउन पशु स्वास्थ्य कार्यक्रमलाई केन्द्र विन्दुमा राखिएको डा.श्रेष्ठले बताउनुभयो । पशुमा लाग्ने महामारीजन्य रोग पहिचान तथा न्यूनिकरण गर्न सकिए कम्तीमा २० प्रतिशतले उत्पादन गर्न सकिने उहाँले जानकारी दिनुभयो । देख्दा नदेखिने जुका, माटे जस्ता रोगले दूध तथा मासु उत्पादन घटाइरहेका हुन्छन् । उहाँले भन्नुभयो, ‘रोग पहिचान गरी समयमा औषधि उपचार गर्न सकिए किसानको आम्दानी बढ्नेछ ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker