तनहुँका ६०९ जना संक्रमित निको भए, १२ को मृत्यु, मंगलबार २१ जना नयाँ संक्रमित थपिए, १ को मृत्यु
भञ्ज्याङ समाचारदाता (दमौली)
तनहुँमा पछिल्लो समय दैनिक जसो नयाँ संक्रमितहरु थपिदै गएका छन् । १० वटै पालिकामा भेटिएका संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ गरी परीक्षणमा गर्दा नयाँ संक्रमित भेटिने क्रम बढ्दै गएको छ ।
स्वास्थ्य निर्देशनालय पोखराले मंगलबार सार्वजनिक गरेको विवरणमा तनहुँका २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विवरण अनुसार जिल्लाको ऋषिङ गाउँपालिकामा ९, भानु नगरपालिकामा ६, व्यास नगरपालिकामा १, भिमाद नगरपालिकामा १ र बन्दिपुर गाउँपालिकामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी गराएका छन् ।
ऋषिङ-१ का ३२, ३५, ४१, ३०, ३२, ३१,२३, २६,२२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ भने भानु-२ का ४०, २७, २५ पुरुष, भानु-७ की ५२ वर्षीया महिला र ४६, २३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालय जनाएको छ।
यसैगरी भिमाद-४ की २८ वर्षीया महिला र व्यास-५ की ८२ वर्षीया महिला, बन्दिपुर गाउँपालिकाको वडा नखुलेको २२, ३०, २७ र ८९ वर्षीय पुरुषमा समेत कोरोना संक्रमण भएको निर्देशनालयले जनाएको छ ।
त्यस्तै, जिल्ला स्वास्थ्य कार्यालय तनहुँले मंगलबार र्सार्वजनिक गरेको विवरणमा हालसम्म जिल्लका १० वटै पालिकामा १० हजार ५०४ जनाको स्वाब नमुना संकलन पश्चात गरिएको पिसिआर परीक्षणमा ८९६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यी संक्रमित मध्ये हालसम्म ६०९ जना निको भएर घर फर्किएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शंकरबाबु अधिकारीले बताए ।
‘जिल्लामा पछिल्लो समय समुदायका व्यक्तिमा संक्रमण देखिने क्रम बड्दै गएको छ । जतिपनि जिल्लामा संक्रमित भेटिएका छन् उनिहरु अधिकांश कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरु छन्’, स्वास्थ्य प्रमुख अधिकारीले भने, ‘जिल्लामा संक्रमित भेटिएका केहीमा बाहेक अन्यमा खासै लक्ष्यण देखिएको छैन । कुल संक्रमित मध्ये हालसम्म ६७.९७ प्रतिशत निको भएर घर फर्किएका छन् भने १.२३ प्रतिशतको मृत्यु भएको छ ।’
यस्तै, तनहुँको व्यास नगरपालिका-५ का एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य निर्देशनालय पोखराले मंगलबार र्सार्वजनिक गरेको छ । ६६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको विवरण सार्वजनिक भएको छ ।
कात्तिक १६ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुषको सोमबार मृत्यु भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी गराएका छन् । तनहुँमा यो संगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । यस अगाडि व्यासमा ५, भिमादमा एक परिवारका ३, आँवुखैरेनीमा २, शुक्लागण्डकी र म्याग्देमा १/१ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
तनहुँमा अहिल २७६ जना सक्रिय संक्रमित रहेका छन् । यी मध्ये होमआइसोलेसनमा १४८ जना बस्दै आएका स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।










