म्याग्दले एकीकृत घुम्ति शिविर सञ्चालन गर्ने

म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिकाले एकीकृत घुम्ति शिविर सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले यही असोज ६ देखि कार्तिक ९ गतेसम्म घुम्ति शिविर सञ्चालन गर्ने भएको छ ।
पालिका अन्तर्गत रहेका पहुँच भन्दा टाढा वसोवास गर्ने नागरिकलाई स्वास्थ्य, कृषि, पशु, सेवा, पञ्जिकरण, उद्योग तथा व्यवसाय दर्ता तथा नविकरण, राजश्व संकलन लगायत गाउँपालिकाले प्रदान गर्ने सम्पूर्ण सेवाहरु सहज रुपमा जनतासामु पु¥याउने उद्देश्यले एकप्कृत घुम्ति शिविर सञ्चालन गर्न लागिएको पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए ।
असोज ६ गते वडा नं. १ को बाख्रेस्थित गुरुङ सामुदायिक भवनबाट सुरुहुने शिविर कात्तिक ८ गते सर्वलाङको रत्न मावि मनपाङमा पुगेर सम्पन्न गरिने बताइएको छ ।
शिविरमा स्वास्थ्य तर्फ परिवार नियाजन, सुरक्षित मातृत्व सेवा, गर्भवती परिक्षण भिडियो एकसरे सहित, क्षयरोग स्क्रिनिङ, मान्य स्वास्थ्य परिक्षण, दन्त परिक्षण सेवा, भिडियो स्क्रनिङ्ग सेवा, स्तन क्यान्सर परिक्षण सेवा दिईनेछ । कृषि तर्फ उन्नत जातका विउविजन वितरण, विभिन्न अनुदानका माग संकलन, पशु सेवा तर्फ विरामी पशु पन्क्षीहरुको उपचार, पशु बन्ध्याकरण सेवा, पशुजन्य औषधी वितरण, गोवर परीक्षण, कुकुर विरालोहरुलाई रेविज विरुद्धको खोप लगायतका सेवा प्रदान गरिने भएको छ ।
यसैगरि पञ्जिकरण सेवा तर्फ जन्म दर्ता, वसाई सराई, विवाह दर्ता, मृत्यु दर्ता, सामाजिक सुरक्षा भत्ता लगायतका विभिन्न सिफारिसहरु वडा कार्यलयवाट हुने सबै सेवाहरु दिईनेछ । उद्योग तर्फ उद्योग, व्यापार, वाणिज्य दर्ता तथा सुचिकृत सेवा उपलव्ध गराईने पालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद अधिकारीले बताए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker