तनहुँको भानु-३ मा शितला ज्येष्ठ नागरिक भवन शिलान्यास
भञ्ज्याङ समाचारदाता/भानु

तनहुँको भानु नगरपालिका-३ खैरीसाठीस्थित खहरेमा ज्येष्ठ नागरिक भवन निर्माण गरिने भएको छ । शितल ज्येष्ठ नागरिक भवनको शिलान्यास गर्दै भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठीले ज्येष्ठ नागरिकहरुको सम्मानका साथै ज्येष्ठ नागरिकहरु एकै स्थानमा भलाकुसारी, दिनचर्याका लागि सहज हुने बताए ।
भानु नगर नयाँ शहर आयोजना मार्फत समावेश गरिएको कार्यक्रममा रकम ६३ लाख ७३ हजार रुपैयाँमा ठेक्का सम्झौता गरी भवन निर्माण कार्य अघि बढाइएको हो । शितला ज्येष्ठ नागरिक समुहका अध्यक्ष सूर्य कुमार श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा भानु ३ का वडा अध्यक्ष तुल कुमार गुरुङ, वडा सदस्य सन्तोषी सुनार, वडा सदस्य मेखराज तामाङ, निवर्तमान वडा सदस्य तथा नेकपा एमाले वडा कमिटी अध्यक्ष यम बहादुर गुरुङ, भानु-३ मेलमिलाप संयोजक राम बहादुर ढकाल लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।










