सिद्धेश्वरीका विद्यार्थीलाई न्यानो कपडा सहयोग

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिका-१२ कमलाबारीस्थित सिद्धेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीलाई पूर्व विद्यार्थी मञ्च निर्मल मावि २०४५ व्याचले न्यानो कपडा सहयोग गरेको छ । विद्यालयमा अध्ययनरत जेहेन्दार तथा विपन्न छात्रछात्रालाई मञ्चले शुक्रबार स्वीटर सहयोग गरेको हो ।
मञ्चका अध्यक्ष त्रिभुवन श्रेष्ठले एक कार्यक्रमका बीच विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका थिए । त्यसक्रममा ३३ जना विद्यार्थीलाई सहयोग गरिएको थियो । २०४५ सालको एसएलसी समूहले यसअघि व्यासको १०८ फिट मूर्ति निर्माण गर्न आयोजित महायज्ञमा १२ हजार एक सय आठ सहयोग गरेको थियो ।
त्यस्तै कोरोना समयमा निःशुल्क भोजनका लागि नगद तथा स्वास्थ्य सामग्री सहयोग गरेको मञ्चले मिर्गौला पीडित राजु श्रेष्ठलाई १० हजार, मुटुरोग पीडित बलबहादुर दरैलाई ५ हजार प्रदान गरिसकेको छ । मञ्चले पुनःमिलन गरी रमाउन मात्र नभई समाजको अभिन्न अङ्ग भएकाले सामाजिक क्षेत्रमा काम गरिरहेको श्रेष्ठले बताए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker