सामुदायिक विद्यालय सुधार गर्न भानुका अभिभावकको १३ बुँदे प्रतिवद्धता

भञ्ज्याङ न्यूज

तनहुँको भानु नगरपालिकामा सामुदायिक विद्यालय सुधारका लागि अभिभावकहरुले सामुहिक प्रतिवद्धता जनाएका छन् । नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले सञ्चालन गरेको दुइदिने क्षमता विकास तालिममा सहभागि अभिभावकहरुले १३ बुँदे प्रतिवद्धता जनाएका हुन् ।

भानु नगरपालिकाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा शिक्षक अभिभावक संघका अध्यक्षहरूले सामुदायिक विद्यायको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न सामुहिक प्रतिवद्धता व्यक्त गरेको नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलले जानकारी गराए ।

भानु-१० स्थित चोक माध्यमिक विद्यालय रामपुरटारमा सञ्चालन गरिएको तालिममा भानुको वडा नं ७, ८, ९, १० र ११ का १९ वटा सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र शिक्षक अभिभावक संघका अध्यक्षहरु गरी ३८ जनाको सहभागिता रहेको बताइएको छ ।

तालिममा सहभागिहरु बीच नगर शिक्षा अधिकारी पौडेलद्वारा सामुदायिक विद्यालयको सुधार गरी विद्यार्थी भर्नादर बर्ढाई शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने १६ बुँदे प्रस्तावको बुँदागत रूपमा छलफल पश्चात् १३ बुँदामा र्सवसम्मतिले अनुमोदन गरिएको थियो ।


१६ वटा बुँदा मध्ये १३ वटा बुँदामा अभिभावकहरूको प्रतिवद्धता जनाएका छन भने, बाँकी ३ वटा बुँदामा सामुदायिक विद्यालय सुधारका लागि स्थानीय सरकार भानु नगरपालिकासंग नीति, योजना, कार्यक्रम र बजेट माग गरिएको छ ।

तीन चरण तथा केन्द्रमा गरिने क्षमता विकास तालिमको पहिलो चरण अत्यन्त सकारात्मक र उत्साहजनक ढंगले समापन भएको नगर शिक्षा अधिकारी पौडेलले बताए । उनले भने, ‘नगरपालिकाबाट सञ्चालनगरिएको यस यस प्रकारको सामुहिक अठोट र प्रतिवद्धताले सामुदायिक विद्यालय सुधारको अभियानलाई सकारात्मक उर्जा थपेको छ । यसले सम्पूर्ण शैक्षिक सरोकारवालाहरूलाई आ-आफ्नो क्षेत्रमा डटेर लाग्न मार्गदर्शन र प्रेरणा प्रदान गरेको छ ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker