पहरो काटेर अवरुद्ध पृथ्वीराजमार्ग सूचारु गर्ने प्रयास, बेलुका ७ बजेबाट आँवुखैरेनी खण्ड बन्द (तस्विर र भिडियो सहित)

भञ्ज्याङ न्यूज

तनहुँको आँवुखैरेनी-४ साँखर स्थित मर्स्याङ्दी विद्युतगृह नजिकै पृथ्वीराजमार्ग भासिएपछि अवरुद्ध यातायात सुचारु गर्ने प्रयास भइरहेको छ । शुक्रबार बिहान करिब ४ बजेको समयमा सडक भाँसिएपछि आंशिक रुपमा साना सवारी साधानलाई वारपार गरिएपनि ठूला सवारी साधान पूर्णरुपमा अवरुद्ध भएका छन् ।

उक्त स्थानबाट यातायात सुचारु गराउनका लागि सडक छेउको पहरो काट्न सुरु गरिएको छ । निरन्तर वर्षाका कारण राजमार्ग भासिएपछि दुर्इतर्फी सडक सञ्चालनमा समस्या देखिएको छ ।

करिब दुइ फिट पहरो काटेर साना सवारी साधान र पैदलयात्रीलाई वारपार गराउने कार्य भएको सुरक्षा व्यवस्थामा खट्टएिका प्रहरी निरीक्षक हरि बहादुर क्षेत्रीले बताए ।

सडक भासिएसंगै बा१०च ४६७९ नम्बरको कार, ग३३प १०८१ नम्बरको मोटरसाइकल र बा१५प २९५३ नम्बरको स्कुटर मर्स्याङ्दी नदिमा खस्दा दुइ जनाको शव भेटिएको छ । भेटिएको शव मध्ये स्कुटर चालक गोरखा छोप्राक घर भई हाल आँबुखैरेनी गाउँपालिका-२ बस्दै आएका ३५ वर्षीय केशव घिमिरे र कार चालक हेटौंडा घर भएका ३३ वर्षीय हेम बहादुर भुजेल रहेका छन् । मोटरसाइकल चालक भने सकुसल भेटिएको प्रहरी निरीक्षक क्षेत्रीले बताए ।

सडक भासिएपछि अवरुद्ध पृथ्वीराजमार्गलाई खुलाउन सडक डिभिजन तथा अन्य सरोकारवाला निकायका प्राविधिकहरु खट्टएिका छन् । साना सवारी साधान र पैदलयात्रुलाई एकतर्फि रुपमा वारपार गर्ने व्यवस्था मिलाइएपनि ठूला सवारी साधान अझै केही दिन सञ्चालन गर्न सकिने अवस्था नभएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले बताए ।

सडक भाँसिएको क्षेत्रमा वैकल्पिक मार्ग नभएकाले यात्रुहरू मर्कामा परेका छन् । सडक सुचारु गराउनका लागि प्राविधिकहरुले अध्ययन गरी पहरो काट्ने काम सुरु गरिएको छ । प्राविधिक जाँच गरी पहरो कटान कार्य अगाडि बढाइएको हुँदा दुइ तीन दिनमा ठूला सवारी साधन पनि सञ्चालन गर्ने गरी काम अगाडि बढाइएको सहायक प्रमुख जिल्ला अधिकारी गैरेले बताए ।

यस्तै, सडक भासिएपछि बिरामीलाई हेलिकोप्टरबाट काठमाडौं लगिएको छ । गोरखाको बारपाकका एक बिरामीलाई हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं लगिएको हो । उच्च रक्तचापका बिरामी ५२ वर्षीय बालशम्सेर गुरुङलाई दमौली ल्याई दमौलीबाट एयर डाइनेष्टीकको हेलिकोप्टरबाट काठमाडौं लगिएको छ ।

राजमार्ग भासिएपछि आँबुखैरेनी हुँदै चितवन, काठमाडौं जाने र पोखरातर्फआउने सवारीसाधन रोकिएका छन् । साना सवारी साधान र र्सवसाधारणलाई भने सुरक्षितरूपमा वारपार गराउने व्यवस्था मिलाइएको छ ।

आँबुखैरेनी खण्ड बेलुका ७ बजेबाट बन्द

यस्तै, पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी-मुग्लिन खण्ड आज बेलुका ७ बजेदेखि बन्द गरिने भएको छ । भासिएको सडकखण्ड मर्मतका लागि बेलुका ७ बजेदेखि भोली बिहान ५ बजेसम्म बन्द गर्न लागिएको हो ।

आज बिहान सडक भासिएपछि उक्त ठाउँमा साना सवारीसाधन मात्रै सञ्चालन भइरहेका छन् । सडक भासिएको ठाउँमा भित्तापट्टी सडक खन्न थालिएको छ । डेढ/दुइ मिटर भित्ता खनेर सडक सुचारु गर्न काम भइरहेको सडक डिभिजन कार्यालय दमौलीका प्रमुख लक्ष्मी केसीले जानकारी दिइन् ।

‘रातीको समयमा सवारी सञ्चालनमा जोखिम हुने भएकाले सडक बन्द गरेर भित्ता खन्ने कार्यलाई निरन्तरता दिनले उनले बताइन् । सडक भासिएपछि बिहानैदेखि अलपत्र र्सवसाधारणलाई पैदल हुँदै वारपार गराइएको छ । साना सवारी साधनपनि समय-समयमा सञ्चालनको व्यवस्था मिलाइएको छ ।

यसैबीच गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विकले उक्त खण्डको आजै निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा मन्त्री विकले छिटो काम सकेर यातायात सञ्चालनमा सहजता ल्याउन निर्देशन दिएका छन् ।

तस्विर : नारायण खड्का/भञ्ज्याङ

भिडियो हेर्नका लागि तलको लिंक क्लिक गर्नुहोला ।

https://www.youtube.com/watch?v=zbQFDdIXWaQ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker