अलपत्र बन्यो दमौलीको नमुना पशुपन्छी अस्पताल भवन

दमौली : भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँको हाताभित्र निर्माण गरिएको ‘नमुना पशुपन्छी अस्पताल’को भवन अलपत्र अवस्थामा पुगेको छ । निर्माण कम्पनीले समयमै काम नगरिदिदा अस्पताल भवन अलपत्र बन्न पुगेको हो ।

सम्झौता भएको मितिमा काम सम्पन्न नभएपछि कात्तिक मसान्तसम्मका लागि म्याद थप भएपनि ठेकदार गैरजिम्मेवार भएर काम अलपत्र छाडेको केन्द्रका प्रमुख रविनसन अधिकारीले बताए । अधिकारीले भने, ‘पटक पटक तोकेता गरेर फोन गरेका छौं, तर ठेकेदार सम्पर्कमा आएका छैनन् । काम अलपत्र परेको छ ।’

ठेकेदारले निर्माणको काम नगरेकाले थपिएको समयमा काम सम्पन्न हुने सम्भावना नदेखिएको प्रमुख अधिकारीले बताए । अधिकारीका अनुसार भवन निर्माणको जिम्मा चितवनस्थित इको विल्डर्सले पाएको छ । निर्माणाधिन भवनको ५५ प्रतिशत भुक्तानी र ७० प्रतिशत निर्माणको काम भएको बताइएको छ ।

केन्द्रका प्रमुख अधिकारीले भने, ‘जतिसक्दो चाँडो निर्माण सम्पन्न गर्न कम्पनीलाई दबाब दिँदै आएको भएपनि अटेर गरेकाले ठेक्का तोड्नु पर्ने अवस्था आउन लागेको छ ।’ पोखरामा र दमौलीमा सँगै काम सुरु भए पनि पोखरामा निर्माण सम्पन्न र सञ्चालनमा आइसकेको छ। दमौलीमा ठेकेदारको लापरबाहीले गर्दा सञ्चालन गर्न नसक्दा गुणस्तरीय सेवा प्रदान गर्न कठिन भएको उनले बताए ।

गण्डकी प्रदेश सरकारको मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक चार करोड ९० लाखको लागतमा उक्त कम्पनीले ठेक्का सम्झौता गरेको थियो । बहुवर्षीय योजनाअन्तर्गत अस्पतालको भौतिक संरचना क्रमशः विस्तार गर्दै जाने योजनामा प्रदेश सरकारको छ। अस्पतालका आवश्यक भौतिक पूर्वाधार निर्माण गरी सञ्चालन गर्न १० करोड लाग्ने अनुमान छ ।

दमौलीमा पशु अस्पताल सञ्चालन भएपछि तनहुँका साथै छिमेकी जिल्ला गोरखा, लमजुङ र नवलपरासी आसपासका किसाना लाभान्वित हुने बताइएको छ । पशु धनलाई क्षति हुनबाट जोगाउन पशु स्वास्थ्य कार्यक्रम प्रभावकारी हुने भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार गत पुसमा काम सम्पन्न हुनुपर्नेमा नभएपछि असार मसान्तसम्म थपिएपनि काम नभएपछि कात्तिक ३० गतेसम्मका लागि म्याद थप भएको हो । केन्द्रका प्रमुख अधिकारीले भने, ‘डेढ वर्ष अघि नै निर्माण पुरा हुनुपर्नेमा निर्माण कम्पनीको ढिलासुस्तीले तीन वर्षसम्म पनि अधुरै रहेको छ ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker