उपभोक्ताको हक हितका विषयमा अन्तरक्रिया

भञ्ज्याङ समाचारदाता/दमौली

विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा बुधबार दमौलीमा सरोकारवालाहरु बीच उपभोक्ताको हक हितका विषयमा अन्तरक्रिया गरिएको छ ।

विश्व उपभोक्ता अधिकार दिवस मार्च १५ को सन्दर्भमा जिल्ला प्रशासन कार्यालय तनहुँको समन्वयमा व्यवसायी, उपभोक्ता र नियमनकारी निकायको उपस्थितिमा गरिएको अन्तरक्रियामा सबै पक्ष सचेत र जिम्मेवार बन्नुपर्ने सुझाइएको छ ।

उपभोक्ताको अधिकार सुनिश्चित गराउनका लागि उपभोक्तासम्म जनचेतना जगाउन खाँचो रहेको सहभागिहरुले औल्याएका छन् । बिशेष गरी चाडपर्वको समयमा मात्रै बजार अनुगमन गर्ने गरिएकोले अन्य समयमा पनि बजार अनुगमनको पाटोलाई प्रभावकारी बनाउन सहभागिहरुले सुझाव दिएका थिए ।

अधिकार प्राप्त गर्ने पक्ष जागरुक र सचेत नहुँदा ठगिने अवस्था आउने हुँदा उपभोक्ताको हकको सुनिश्चितताका लागि व्यवसायी, उपभोक्ता र नियमनकारी निकाय तीनै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिइएको छ । उपभोक्ताको अधिकारका लागि व्यवसायीलाई मात्र गाली गर्नेभन्दा पनि व्यवसायी, उपभोक्ता र नियमनकारी निकाय नै जिम्मेवार हुन आवश्यक रहेको अन्तरक्रियामा सहभागिहरुले सुझाएका छन् ।

बस्तु खरीद गर्दा उपभोक्ताले सामाग्रीको मूल्य हेर्ने, म्याद सकिए नसकिएको हेर्ने, सामान खरीद गरिसकेपछि आफुले तिरे बराबरको बिल माग्ने लगायतका कार्यमा सचेत बन्ने र बनाउनुपर्ने प्रमुख जिल्ला अधिकारी छबिलाल रिजालले बताए । उपभोक्ता मात्रै नभई व्यवसायी र अनुगमन गर्ने निकाय पनि उत्तिकै जिम्मेबार बन्नुपर्ने बताउँदै प्रजिअ रिजालले उपभोक्ताको प्रत्यक्ष सरोकार रहने बजार, यातायात, स्वास्थ्य तथा सरकारबाट उपलब्ध गराइने सेवाका क्षेत्रलाई पनि उपभोक्ता मैत्री बनाउन सबै क्षेत्र सचेत बन्नुपर्ने बताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अवदेश बिष्ट क्षेत्री, व्यास नगरपालिकाका आलेप अधिकृत कुमार कञ्चन जिसी, तनहुँ उद्योग बाणिज्य संघका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठ, निर्माण व्यवसायी यज्ञ खनाल, भिमाद नगरपालिकाका अजय सुवेदी लगायतले उपभोक्ता अधिकार रका विषयमा आ-आफ्ना धारणा व्यक्त गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker