तनहुँ १ उपनिर्वाचन : २४ वडाको ३५ हजार ३६ मतगणना, स्वर्णिम ७६७४ मतले अगाडि

भञ्ज्याङ न्यूज

तनहुँ निर्वाचन क्षेत्र नं. १ मा आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मत गणना कार्य जारी छ । यस निर्वाचन क्षेत्रमा रहेका ४२ वडा मध्ये हालसम्म २४ वडाको मत गणना कार्य सम्पन्न भएको छ ।

३५ हजार ३६ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले १७ हजार ९०२ मत प्राप्त गरी आफ्नो अग्रतालाई कायमनै राखेका छन् । डा वाग्ले ७ हजार ६७४ मतले अग्रता लिइरहेका छन् ।

यस्तै, नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टर्राईले १० हजार २२८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार र्सर्वेन्द्र खनालले ५ हजार ८६७ मत प्राप्त गरेका छन् ।

उपनिर्वाचनका लागि यस निर्वाचन क्षेत्रमा महिलातर्फ ६३ हजार ७६५ र पुरुषतर्फ ५९ हजार ५४० गरी कूल १ लाख २३ हजार ३०५ जना मतदाता कायम भएका थिए । आइतबार सम्पन्न उपनिर्वाचनमा ३४ हजार ६७ महिला र २९ हजार ६९० पुरुष गरी ६३ हजार ७५७ मतदाताले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय तनहुँले प्रारम्भिक विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक विवरण अनुसार उपनिर्वाचनमा करिब ५२ प्रतिशत मत खसेको छ । गत मंसिर ४ मा सम्पन्न आमनिर्वाचनमा क्षेत्र नं १ मा ५४ दशमलव ०३ प्रतिशत मतदान भएको थियो । मंसिर ४ को निर्वाचनमा १ लाख २३ हजार ४९० मतदाता रहेकामा ६६ हजार ९६५ मत खसेको थियो ।

गत मंसिर ४ गतेका आमनिर्वाचनबाट निर्वाचित नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि यो क्षेत्रमा उपनिर्वाचन गरिएको हो । २ नगरपालिका र ३ गाउँपालिका रहेको यस निर्वाचन क्षेत्रमा उपनिर्वाचनका लागि ६९ मतदान स्थलमा १५२ मतदान केन्द्र कायम गरिएको थियो ।

उपनिर्वाचनका लागि नेपाली कांग्रेसका गोविन्द भट्टराइ, नेकपा एमालेका सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्ले, राप्रपाबाट शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मंगोल नेशनल अर्गनाइजेसनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादीबाट गणेश श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार उम्मेदवारी मनोनयन दर्ता गरी चुनावी मैदानमा उत्रिएका थिए ।

मंसिर ४ गतेको आमनिर्वाचनमा ४ स्वतन्त्र उम्मेदवार र ११ वटा दल गरी १५ जना यस क्षेत्रबाट चुनावी मैदानमा उत्रिएका थिए । नेपाली कांग्रेस र नेकपा -एमाले) बिच मुख्य प्रतिस्पर्धा भएको थियो । उनीहरुलाई स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशी र राष्टिङय स्वतन्त्र पार्टर्ीी बिकास सिग्देलले पछ्याएका थिए ।

नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले २५ हजार ३६१ मत प्राप्त गरी निर्वाचित भए । उनका प्रतिस्पर्धी एमालेका एकबहादुर रानाले १९ हजार ९८१ मत प्राप्त गरेका थिए । कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले ६ हजार ८८६ र रास्वपाका विकास सिग्देलले ६ हजार ४४ मत प्राप्त गरेका थिए ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले २ हजार ४८४, मंगोल नेशनल अर्गनाइजेशनले ३६०, राष्ट्रिय जनमुक्ति पार्टीले ३०१, हाम्रो नेपाल पार्टीले २८४, जनता समाजवादी पार्टीले २६० मत प्राप्त गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker