एकदेव आलेको ५७औं स्मृति दिवसमा शालिक अनावरण

दमौली : क्रान्ति योद्धा एकदेव आलेको ५७औँ स्मृति दिवस एवं शालिक अनावरण गरिएको छ । व्यास नगरपालिका–३, दमौलीस्थित एकदेव आलेको भवन परिसरमा सोमबार एक कार्यक्रमका बीच नेकपा (एमाले)का केन्द्रीय उपाध्यक्ष, पूर्वमन्त्री तथा गण्डकी प्रदेश सरकारका प्रथम मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आलेको शालिक अनावरण तथा माल्यार्पण गरी स्मृति दिवसको शुभारम्भ गरेका थिए ।
उक्त अवसरमा उपाध्यक्ष गुरुङले एकदेव आलेले नेपाली राजनीतिमा पु¥याएको योग्दानको चर्चा गरेका थिए ।
एकदेव आले प्रतिष्ठानका अध्यक्ष विष्णुभक्त सिग्देलको अध्यक्षतामा आयोजित कार्यक्रममा एकदेव आलेका अनुयायी, राजनीतिज्ञ पूर्वमन्त्री एम.एस. थापा, गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर चुमान, प्रतिष्ठानका संरक्षक प्रतापलाल श्रेष्ठ, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपाने, एकदेव आले प्रतिष्ठान बुटवलका अध्यक्ष लोकनाथ भण्डारी, नेकपा (एमाले) तनहुँका अध्यक्ष हरिराज कडेल, नेपाली कांग्रेस तनहुँका उपसभापति देवकुमार श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टी तनहुँका संयोजक सूर्यबहादुर गौली, मशालका नेता पुष्पलाल श्रेष्ठ, वाम बुद्धिजीवी शेषमणि आचार्य, प्रतिष्ठानका सल्लाहकार संयोजक श्रीराम कार्की तथा व्यास–३ का वडा सदस्य विनु श्रेष्ठले एकदेव आलेको योगदानबारे चर्चा गरेका थिए ।
कार्यक्रममा एकदेव आलेका अनुयायी एम.एस. थापा, पूर्वमन्त्री एवं संविधानसभा सदस्य शिवलाल थापा तथा लेखनाथ नगरपालिका कास्कीका पूर्व नगरप्रमुख शालिग्राम पौडेललाई सम्मान गरिएको थियो ।










