विश्व वातावरण दिवस : म्याग्देको टाइगर हिल पार्कमा वृक्षारोपण

भञ्ज्याङ न्यूज

विश्व वातावरण दिवसको अवसरमा तनहुँको म्याग्दे गाउँपालिका-१ स्थित वाराही सामुदायिक वनमा सोमबार वृक्षारोपण गरिएको छ । ‘प्लाष्टिक जन्य प्रदुषण निर्मुल पारौ, वातावरण मैत्री विकल्पको उपयोग गरौ’ भन्ने नाराका साथ डिभिजन वन कार्यालय तनहुँ र सामुदायिक वनको संयुक्त आयोजनामा विभिन्न प्रजातिका बिरुवा रोपण गरिएको हो ।

त्यसक्रममा सामुदायिक वनको टाइगर हिलमा बहुवर्षीय स्टक नर्सरीका विरुवाहरु पारिजात, म्याङगोस्टिक, कपुर, धुपीका करिब दुइ सय बिरुवा रोपिएको सहायक वन अधिकृत काशीराज पण्डितले जानकारी दिए । टाइगर हिल पार्क गाउँपालिकाको उत्कृष्ट प्राकृतिक सौर्न्दर्य रहेको ढुङ्गा पार्कको रुपमा विकास भइरहेको छ । यहाँ मनोरम ढुङ्गाका आकृतिहरु, बेलको रुखमा ग्लास हाउस पर्यटकीय रुख, मानिस विश्रामका लागि गोल घरपाटी रहेको छ ।

पृथ्वी राजमार्गबाट करिब दुइ सय मिटर उत्तर तर्फरहेको उक्त र्टाईगर हिल पार्कमा जान गाउँपालिकाबाट सिढीबाटो निर्माण सम्पन्न भएको छ ।

पर्यटकीय पार्कको रुपमा उच्च संभावना रहेको टाइगर हिल पार्क वाराही सामुदायिक वनले व्यवस्थापन गरिरहेको छ । यहाँ रक क्लाईम्विङ्ग, इको पदयात्रा, रक गार्डेनीङ्ग, भ्यु टावर, वर्ड वाचिङ्ग हाईकिङ्ग समेतको सम्भावना देखिन्छ ।

वन ऐन र नियमावलीमा समेत सामुदायिक वनले पर्या पर्यटकको लागि पार्क सञ्चालन गर्न सकिने कानुनी प्रावधान रहेको डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले बताए ।

त्यसक्रममा आयोजित कार्यक्रममा डिभिजन वन कार्यालयका प्रमुख काफ्लेले प्लाष्टिकलाई सके बहिष्कार नसके न्यूनीकरण गर्नुपर्नेमा जोड दिए ।

सामुदायिक वन महासंघ (फेकोफोन) तनहुँका अध्यक्ष विष्णुप्रसाद श्रेष्ठले स्थानीय स्तरमा वातावरण संरक्षणको जिम्मा लिएको वन उपभोक्ता समूहले यस्ता प्रदुषण नियन्त्रणका कार्यक्रमको पहल कदमी लिनुपर्ने बताए ।

विश्वमा प्रति वर्ष ५०० मिलियन टन प्लाष्टिक उत्पादन भई रहेको र हामीले फालेको प्लाष्टिकले हरेक बर्षसमुन्द्रमा फोहोरको डङ्गुर लागि समुन्द्र खतरामा परेको सहभागिलाई जानकारी गराइएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker