१८ घण्टापछि एकतर्फी खुल्यो पृथ्वी राजमार्ग

भञ्ज्याङ न्यूज

पृथ्वी राजमार्ग अन्तरगत धादिङको धार्केमा पुलको छेउमा जमिन भासिएर अवरुद्ध बनेको सडक एकतर्फी खुलेको छ ।

धुनिवेशी नगरपालिका–६ र थाक्रे गाउँपालिका–८ को सिमाना जोड्ने गणेश खोला पुलमा सोमबार अपरान्ह ४ बजेदेखि ठप्प बनेको राजमार्ग मंगलबार बिहान १० बजेबाट एकतर्फी खुलाएको हो ।

भासिएको ठाउँमा ग्याविन जाली भरेर एकतर्फी गाडी संचालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक शन्तुलाल प्रसाद जैसवारले जानकारी दिए । नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले रातभरी पनि काम गरेका थिए ।

यातायात ठप्प हुँदा धार्के र धार्के आसपासमा लागेको सबारी जाम हटाउन हम्मेहम्मे छ । पुर्व पश्चिमका जिल्लाबाट रातीको समयमा धादिङ आइपुगेका सवारीलाई प्रहरीले चौकी र बजार क्षेत्र आसपासमा रोकेर राखेको छ ।

पुर्व पश्चिमबाट राजधानी काठमाडौ आउदै गरेका सवारीलाई प्रहरीले धादिङको जोगिमारा, मलेखु, घाटबेसी, आदमघाट लगायतका बजार र प्रहरी चौकी आसपासमा राखिएको छ । बाटो एक तर्फी खुलाइएपनि तत्कात सहजै बाटो पास गर्न कठिन छ । सयौं सवारीहरु सडकमा रोकिएकोले ती गाडीहरु पार गराउन अझै केही घण्टा लाग्ने प्रहरीको भनाई छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker