बन्दीपुर अस्पतालद्वारा विशेषज्ञ सेवा प्रदान

बन्दीपुर : तनहुँको बन्दीपुर अस्पतालमा सञ्चालन गरिएको विशेषज्ञ स्वास्थ्य सेवाअन्तर्गत शुक्रबार ५० जना सेवाग्राहीले स्वास्थ्य परीक्षण, उपचार तथा विशेषज्ञ परामर्श लिएका छन् ।

अस्पतालमा सञ्चालन गरिएको विशेषज्ञ सेवाअन्तर्गत स्त्री तथा प्रसूति विभागमा ३७ जना र बालरोग विभागमा १३ जना सेवाग्राहीले स्वास्थ्य परीक्षण तथा विशेषज्ञ चिकित्सकबाट परामर्श लिएको अस्पतालका प्रमुख डा. अनिल गिरीले जानकारी गराए ।

अस्पतालले स्थानीयस्तरमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले विभिन्न विधाका विशेषज्ञ चिकित्सकको सेवा सञ्चालन गर्दै आएको उनले बताए । प्रमुख डा. गिरीले भने, ‘विशेषज्ञ सेवा लिन अन्यत्र जानुपर्ने बाध्यता कम गर्नुका साथै गाउँपालिकाका नागरिकलाई सहज र पहुँचयोग्य स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यस्तो सेवा सञ्चालन गरिएको छ ।’

अस्पतालका अनुसार आगामी कार्तिक १४ गते रेडियोलोजिस्टबाट भिडियो एक्स–रे सेवा तथा नाक, कान, घाँटी रोगसम्बन्धी विशेषज्ञ सेवा सञ्चालन हुनेछ । त्यस्तै, कार्तिक २१ गते छाला रोग तथा मानसिक रोगसम्बन्धी विशेषज्ञ सेवा सञ्चालन गर्ने तयारी गरिएको छ।

विशेषज्ञ सेवा अस्पतालमै नियमित रूपमा उपलब्ध हुन थालेपछि स्थानीय सेवाग्राहीलाई विशेषज्ञ चिकित्सकसँग प्रत्यक्ष स्वास्थ्य परीक्षण तथा परामर्श लिन सहज भएको छ । विशेषगरी महिला, बालबालिका तथा अन्य रोगका बिरामीलाई सामान्य स्वास्थ्य सेवाका लागि बाहिर जानुपर्ने अवस्था घटाउन विशेषज्ञ सेवा प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker