ऋषिङ गाउँपालिका : विद्यालय खुल्ला गर्ने, सबै वडामा स्वास्थ्य शिविर, बेरुजुको विषयमा छलफल

भञ्ज्याङ न्यूज

तनहुँको ऋषिङ गाउँपालिकाको कार्यपालिका बैठकले विद्यालय खुल्ला गर्ने, स्वास्थ्य शिविर सञ्चालन गर्ने लगायतका निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठको अध्यक्षतमा शुक्रबार बसेको कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो ।

गाउँपालिकाले भदौ १३ गते आइतबारबाट गाउँपालिका भित्रका सबै विद्यालयहरुमा नियमित पठनपाठन सञ्चालन गर्ने तयारी गरेको छ । कार्यपालिका बैठकले केही सातादेखी आकस्मिक रुपमा बन्द गरिएका विद्यालयको पठनपाठन स्वास्थ्य मापदण्ड पालना गरेर भौतिक रुपमा नै सञ्चालन गर्ने निर्णय गरेको हो ।

गत साउन २५ गतेयता समुदायमा रुघा खोकी तथा ज्वरोको संक्रमण बढेको सुचनाको आधारमा केही समयको लागि शैक्षिक संस्था बन्द गरिएकोमा अवस्था सामान्य बन्दै गएपछि संचालन गर्न लागिएको प्रवक्ता विजय दरैले जानकारी गराए ।

गाउँपालिकाको शिक्षा शाखाबाट जारी सुचनामा २५ जनाभन्दा बढी विद्यार्थी एकै कक्षामा नराख्न, एउटा बेन्चमा २ जना भन्दा नराख्न तथा स्वास्थ्य मापदण्ड पालना गरेर पठनपाठन सुचारु गर्न भनिएको छ ।

यसैगरी बैठकले उपाध्यक्ष गिनुमाया थापाको संयोजकत्वमा पछिल्लोपटकको बर्षाका कारण गएको बाढी पहिरोका कारण भएको क्षतिको अनुगमन तथा राहत सिफारिस समिती गठन गरेको छ । वास्तविक पीडित नागरिकको समस्यालाई सम्बोधन गर्न राहत ब्यवस्थापन प्रयोजनार्थ गठित उक्त समिति ११ सदस्यीय रहने ब्यवस्था रहेको छ ।

स्वास्थ्य शिविर सञ्चालन

कार्यपालिका बैठकले ऋषिङ्ग गाउँपालिका भित्रका सबै वडामा स्वास्थ्य शिविर सञ्चालन गर्ने नीति अनुरुप वडा नं. १ मा असोन महिना भित्र शिविर सञ्चालन गर्ने र तत्पश्चात निरन्तर अरु वडामा सञ्चालन गर्दै जाने तयारी गरेको छ ।

गाउँपालिकाले लघु उद्यमशिल तालिमहरुको पहिलो र दोश्रो चरणहरुलाई निरन्तरता दिने निर्णयसँगै पछिल्लो पटक ऋषिङ्ग गाउँपालिकाको आ.व. २०७६/०७७ को बेरुजुको बिषयले आम समुदायमा सकारात्मक सन्देश नगएको भन्दै यसको वास्तविक रुपमा स्पष्ट हुन नसकेको र बेरुजु यति धेरै हुनाका कारण खोजिने बिषयमा समेत बैठकमा छलफल भएको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker