कांग्रेसले गरेका कामको प्रचार हुन सकेन : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसकै कारण तनहुँ जिल्लामा उल्लेख्य विकास भए पनि प्रचार गर्न नसकिएको बताउनुभएको छ । तनहुँको व्यास नगरपालिका–११ रानीगाउँमा आज आयोजित युवा अग्रजहरूसँगको भेटलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेसले गरेको विकासलाई प्रचार गर्न नसक्दा पछि परेको उल्लेख गर्नुभयो ।

“यति धेरै भौतिक संरचना बनेका छन्, तनहुँवासीको आर्थिक उन्नति, रोजगारी सिर्जना भएको छ, तर कांग्रेसले गरेको हो भनेर प्रचार गर्न सकेनौँ”, पौडेलले भन्नुभयो । वरिष्ठ नेता पौडेलले कांग्रेसकै कारण जिल्लामा उल्लेख्य विकास भएको दाबी गर्नुभयो ।

विसं २०४७ सम्म पृथ्वीराजमार्गबाहेक बाटोको पहुँच नभएको जिल्लामा कांग्रेसकै कारण बाटोघाटोमा ठूलो विकास भएको उल्लेख गर्दै वरिष्ठ नेता पौडेलले भन्नुभयो, “शिक्षा, स्वास्थ्य, खानेपानीलगायतमा पनि हाम्रो ठूलो लगानी छ ।”

वरिष्ठ नेता पौडेलले गत निर्वाचनबाट केपी शर्मा ओलीको सरकारलाई देश बनाउनका लागि पाँच वर्षको म्याण्डेट दिइए पनि आपसी द्वन्द्वका कारण सरकार परिवर्तन भएको उल्लेख गर्नुभयो । “देशको विकास होस् भन्ने हाम्रो पनि चाहना थियो, तर उहाँहरूकै झगडाका कारण कांग्रेस नेतृत्वमा सरकार बनेको छ”, पौडेलले भन्नुभयो ।

वरिष्ठ नेता पौडेलले कांग्रेस कमजोर हुनुमा कांग्रेसले जनताको चाहनाअनुसार काम नगर्नु मुख्य कारण रहेको बताउँदै भन्नुभयो, “कम्युनिष्टहरू मिलेका कारण पनि कांग्रेस कमजोर भयो, तर जनताको चाहनाअनुसार काम गर्न सकिए कांग्रेस एक्लै बलियो हुन्छ ।”

संविधान निर्माणका लागि कांग्रेसको योगदानलाई जनताले भुल्न नसक्ने बताउँदै उहाँले भन्नुभयो, “माओवादीलाई शान्तिपूर्ण प्रक्रियामा ल्याउन मेरो ठूलो भूमिका छ ।” वरिष्ठ नेता पौडेलले उत्पादनमुखी हुनुपर्नेमा जोड दिँदै खेत मासेर घर बनाउने कार्य नगर्न सुझाव दिनुभयो । कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्मा, व्यास नगरपालिकाका पूर्वप्रमुख ताराप्रसाद श्रेष्ठलगायतले बोल्नुभएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker