सडक विस्तारका लागि नाला निर्माण

पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–पोखरा सडक विस्तार योजनाको पूर्वीखण्डको दमौली बजार क्षेत्रमा सडक विस्तारका लागि नाला निर्माण गरिदै । दमौली बजार क्षेत्रमा छ लेनको सडक विस्तारका लागि सडक सिमा क्षेत्रभित्र रहेका घरटहरा नहटाइदा तीब्रगतिमा काम अगाडि बढ्न सकेको छैन । योजनाले २३ मिटर क्षेत्रमा अहिले सडक विस्तारको काम गरिरहेपनि फुटपाथ, बजारका घरबाट निस्कने पानी व्यवस्थापन गर्न नाला निर्माणका लागि सडक सिमा २५ मिटरनै कायम गर्नुपर्ने हुन्छ । बिजुलीको पोलका लागि समेत जग्गा अपुग भएकाले टि र एल आकारमा तार टाँगिएको छ । तस्विर : भञ्ज्याङ