अपाङ्गता भएका चदारोलाई न्यानो कपडा वितरण
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको म्याग्दे गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेको छ । गाउँपालिकाको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत म्याग्दे गाउँपालिका वडा नं. ३ तिलहारे निवासी चन्द्र वहादुर चदारोलाई न्यानो कपडा वितरण गरेको हो ।
पालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले आर्थिक रुपमा विपन्न तथा बहुअपाङ्गता भएका चदारोलाई न्यानो कपडा वितरण गरेका हुन् । आर्थिक रुपमा विपन्न र अपाङ्गता भएकाको जीवनयापनलाई सहज बनाउने, उनीहरुको न्युनतम गासबास कपासका लागि पालिकाले यो जाडोमा न्यानो कपडा वितरण गरेको हो ।
सोक्रममा १ थान फाइवरको सिरक, रुवाको डसना १ थान, तन्ना १ थान र सिरानी १ थान गरि कुल ४ हजार ३ सय बराबरको सामग्री वितरण गरिएको महिला तथा बालबालिका शाखाका प्रमुख शारदा ग्रैहे पौडेलले जानकारी दिइन् ।










