व्यास -२ स्थित दमौली ट्रेड सेन्टरलाई पार्क बनाउनुपर्ने वडाबासीको माग

भञ्ज्याङन्युज/दमौली

व्यास नगरपालिका-२ गणेशमानचोकस्थित दमौली ट्रेड सेन्टरलाई पार्क बनाउनुपर्ने वडाबासीले माग गरेका छन् । ट्रड सेन्टरको व्यापारिक सटर जिल्ला समन्वय समितिले भाँडामा लगाउने तयारी गरेपछि वडावासीले विरोध जनाइ उक्त स्थानमा खुल्लामा खुल्ला पार्क बनाउनुपर्ने माग गरेका हुन् ।

ट्रेड सेन्टर आगामी असार मसान्तपछि जिल्ला समन्वय समितिको स्वामित्वमा आउने र साउन १ गतेदेखि जिससले प्रतिस्पर्धाबाट पुनः भाँडामा लगाउने तयारी गरेको छ । मंगलबार पत्रकार सम्मेलन गरी वडावासीले जिससको उक्त तयारीप्रति आपत्ति जनाएका छन् । टोलविकास समितिले जिससको ट्रेड सेन्टर पार्कलाई पुन : भाँडामा लगाउने कार्यमा पुर्नविचार गर्नुपर्ने बताएका छन् ।

‘विसं २०६९ सालमा जिल्ला समन्वय समितिले दिपेश बस्नेतलाई सम्झौता गरी उक्त ठाउँमा व्यापारिक सटर बनाउन दिँदा पनि हामीले विरोध गरेका थियौ’, व्यास-२ का वडा सदस्य सुरेश वाग्लेले भने, ‘जबरजस्ती खुल्ला ठाउँलाई व्यापारिक सटर बनाइयो । ५ वर्षका लागि दिइएकामा पुनः ५ वर्ष बिना प्रतिस्पर्धा म्याद थप गरियो । बढ्दो जनघनत्वसँगै वडाभित्र खुल्ला ठाउँ नरहेकाले उक्त ठाउँलाई पार्कको रुपमा विकास गर्नुपर्छ ।’

उक्त जग्गा जिससको स्वामित्वको रहेपनि वडासँग पनि सरोकार भएकाले समन्वय समितिले वडावासीहरुसँग सहकार्य गर्नुपर्ने उनीहरुको माग छ । यस्तै, १७ वटै टोल विकास संस्थाको संयुक्त भेलाले सो स्थानमा व्यापारिक प्रयोजनका लागि बनाइएको ट्रेड सेन्टरका संरचना भत्काएर बाल बगैंचा निर्माणका लागि हस्ताक्षर भएको वाग्लेले बताए । उनले भने, ‘यो वडा घनाबस्ती भएको ठाउँ हो, विपद् आएका बेला खुल्ला ठाउँ छैन । त्यसलाई मध्यनजर गरी पार्क बनाउनुपर्छ भन्ने सबैको भावना हो ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker