तनहुँको आँवुखैरेनीबाट लागुऔषध सहित पाँच पक्राउ
भञ्ज्याङन्यूज
तनहुँको आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट लागुऔषध सहित दुइ दिनको अवधिमा पाँच जना पक्राउ परेका छन् । पुलजीपस्थित पृथ्वीराजमार्ग खण्डमा सवारी साधन जाँच गर्दा प्रहरीले लागुऔषध सहित पाँच जनालाई पक्राउ गरेको हो ।
प्रहरीले मुग्लिन तर्फाट आँबुखैरेनीतर्फपैदल आउँदै गरेका गोरखाको सहिद लखन गाउँपालिका-२ मनकामना बस्ने २० वर्षीय आयुष थापा र सोही ठाउँका २१ वर्षीय अजय परियारलाई लागुऔषध सहित पक्राउ गरेको छ । उनीहरुको साथबाट १५ थान लागुऔषध बरामद भएको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए। निजहरु विरुद्ध बिहीबार सात दिनको म्याद थप गरिएको छ।
मुग्लिन तर्फाट आँबुखैरेनी तर्फपैदल आउँदै गरेका गोरखाको आरुघाट गाउँपालिका-६ स्थायी घर भइ हाल गोरखा नगरपालिका-१३ मझुवा बस्ने २९ वर्षीय सन्तोष परियार लागुऔषध सहित पक्राउ परेका छन् । प्रहरीले निजको साथबाट १८ थान लागुऔषध बरामद गरेको छ । निज विरुद्ध सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मुग्लिनबाट आँबुखैरेनीतर्फपैदल आउँदै गरेका पोखरा महानगरपालिका-५ बस्ने २० वर्षीय सुजन सुनार र सोही ठाउँका २१ वर्षीय अजय नेपाली गाजासहित पक्राउ परेका छन् । निजहरुबाट प्रहरीले दुइ किलो गाजा बरामद गरेको छ । निजहरु विरुद्ध पनि सात दिनको म्याद थप गरिएको छ ।










