तनहुँको दमौलीमा मोटरसाइकल चोरी गर्ने नाबालक पक्राउ
दमौली : तनहुँको व्यास नगरपालिका–३ कोष तथा लेखा नियन्त्रक कार्यालय अगाडी राखिएको मोटरसाइकल चोरी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक जना नाबालक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
गत चैत १९ गते दिउँसो रोकिराखेको भानु नगरपालिका–९ बस्ने श्याम खाती क्षेत्रीको नाममा रहेको ग१७प ४६६ नम्बरको पल्सलर मोटरसाइकल चोरी भएको भन्ने सूचना प्राप्त हुनासाथ खटिएके प्रहरी टोलीले विहीबार परिवर्तित नामथर जिल्ला ३९ बस्ने ०८१÷०८२ दमौली १२ लाई पक्राउ गरेको प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए ।
निजले उक्त मोटरसाइकल व्यास नगरपालिका–१३ पोखरीभञ्ज्याङमा लगेर चलाएको अवस्थामा फेला पारिएको थियो । निज विरुद्ध तनहुँ जिल्ला अदालतबाट चोरी मुद्दामा म्याद थप गरिएको छ ।










