गर्भमै शिशुको मृत्यु रोकिएन

आमाको गर्भमै शिशुको मृत्यु हुने दर यहाँ अझै कमी आउन सकेको छैन । गर्भवतीले आफ्नो स्वास्थ्यको राम्रोसँग हेरचाह नगर्ने, नियमित गर्भ जाँच नगर्ने, गर्भावस्थामा ठूलो भारी बोक्ने, पोषिलो खानेकुरा सेवन नगर्ने, जनचेतनाको कमी, पेटमा बच्चा नचल्दा पनि बेवास्ता गर्नेलगायतका कारणले जिल्लामा गर्भमै मृत्यु हुने शिशुको दरमा न्यूनीकरण हुन नसकेको हो ।

सदरमुकाम बेँसीसहर नगरपालिका–८ मा रहेको जिल्ला अस्पतालमा आर्थिक वर्ष २०७५÷७६ देखि २०७७/७८ सम्म अर्थात् तीन वर्षको अवधिमा ३९ गर्भवतीको गर्भमै शिशुको मृत्यु भएको जिल्ला अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार यी आमाको गर्भमै मृत्यु हुने शिशुको सङ्ख्यामध्ये गत आव २०७७/७८ मा १२ को मृत्यु भएको छ । त्यस्तै आव २०७६÷७७ मा गर्भमै १६ शिशुको मृत्यु भएको थियो भने आव २०७५/७६ मा ११ को मृत्यु भएको जिल्ला अस्पतालले जनाएको छ ।

यी आवमध्ये आव २०७६/७७ मा गर्भमै मृत्यु हुने शिशुको सङ्ख्या बढी भएको देखिन्छ । सरकारदेखि विभिन्न सम्बन्धित निकाय तथा स्वास्थ्यकर्मीले गर्भावस्थामा गर्न हुने/नहुनेलगायतका सन्देश प्रवाह गर्दै आएका छन् ।

यति मात्र नभई जिल्ला अस्पतालले समेत यससम्बन्धी गर्भवतीलाई परामर्श, सरसल्लाह दिँदै आएको छ । साथै विभिन्न माध्यमबाट पनि सचेत गर्ने काम गर्दै आए पनि गर्भमै शिशुको मृत्यु हुने सङ्ख्यामा कमी आउन नसकेको अस्पताल प्रमुख श्रेष्ठको भनाइ छ ।

उहाँले भन्नुभयो, “स्वास्थ्यकर्मीसँग परामर्श लिनुपर्छ, खानपानमा ध्यान दिनुपर्छ, स्याहारसुसारमा ध्यान दिनुपर्छ, साथै नियमित स्वास्थ्य जाँच गरेमा आमाको गर्भमै शिशुको मृत्यु हुँदैन, गर्भवती भएपछि सरकारले तोकेको नियमित जाँच गर्न चारपटक स्वास्थ्य संस्थामा आउनुपर्छ ।” रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker