रास्वपालाई गगनको प्रश्न : आफूले चाहेको मन्त्रालय पाए ‘नो नट अगेन’ हुँदैन ?

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनाव अघि ‘नो नट अगेन’ भनेको राष्ट्रिय स्वतन्त्र पार्टी आफूले चाहेको मन्त्रालय पाउँदा किन सरकारमा गएको भनी प्रश्न गरेका छन् ।

रास्वपाले आफूले चाहेको मन्त्रालय प्राप्त गर्दा चुनाव अघिको बोली बिर्सिएको बताए । सत्ता गठबन्धनबाट तनहुँ १ मा उम्मेदवार बनेको गोविन्द भट्टराईको चुनावी सभामा बोल्दै उनले भने,‘आफूले भनेको मन्त्रालय पाए नो नट अगेन हुँदैन? नो नट अगेन भन्ने साथीहरुले जुन सरकार बनोस् सरकार बाहिर रहन्छौ किन भनेनन् ?’

नयाँ दलले पुराना जति सबै फटाहा भनेर एउटै नजरबाट हेरेकोप्रति उनले आपत्ति जनाए । पुराना जति सबै सडे गलेको भन्ने भाष्य बनाउन लागिएको भन्दै थापाले असन्तुष्टि जनाए ।

पार्टी र देश बदल्ने संकल्प गरेको सुनाउँदै थापाले भने,‘सुधार गर्नुपर्ने छ । पार्टी बदल्ने संकल्प छ । पार्टी र देश पनि बदल्छौं । थाकेका छैनौं ।’

आगामी पाँच वर्ष खेर भयो भने अपूरणीय क्षति हुने थापाले टिप्पणी गरे । सुशासनका लागि निर्वाचन प्रणाली सबैभन्दा बाधक रहेको उनले सुनाए ।

‘दलले पाएको मतको आधारमा सरकारले खर्चको व्यवस्था गर्ने कानुन बनाउनु पर्दछ,’ थापाले भने । पार्टी भित्र क्रियाशील सदस्यता वितरण, उम्मेदवार छनोट लगायतमा नयाँ विधि बनाउने उनले प्रतिवद्धता व्यक्त गरे ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker