दलित समुदायका लागि ३ दिने कर्मकाण्ड तालिम

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिका भित्रका दलित समुदायका लागि शुक्रबारदेखि तीन दिने कर्मकाण्ड तालिम गरिएको छ । परिवर्तनका लागि मिडियाको आयोजना तथा व्यास नगरपालिकाको आर्थिक सहयोगमा व्यासका १४ वटै वडाबाट एक/एक जनाको प्रतिनिधित्व हुने गरी १४ जनालाई उक्त तालिम प्रदान गरेको हो । यो तालिम व्यासमा पहिलो पटक आयोजना गरिएको हो ।

तालिमको उद्घाटन गर्दै व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेले समाजमा कर्मकाण्ड गर्ने जनशक्तिको अभाव रहेको बेला यो तालिम फलदायि हुने बताए । दलित समुदायमा मात्रै नभई ब्राहृमण समुदायमा पनि कर्मकाण्ड गर्ने व्यक्तिको अभाव खडि्कएको अवस्थामा यस किसिमको तालिम उपलव्धिमूलक हुने उनको भनाइ थियो । दलितमैत्री र छुवाछुतमुक्त नगरपालिका स्थापित गराउने बिषयमा व्यास नगरपालिका प्रतिबद्ध भएर लाग्दै आएको समेत उनले बताए ।

कार्यक्रममा जिससका पूर्व सदस्य केशबहादुर सुनारले सिकेका सीपलाई व्यवहारमा लागु गर्न सकिए उपलव्धिमूलक हुने बताए । यस तालिमको समापन पश्चात तालिमको समिक्षा गर्दै यस्ता तालिमलाई निरन्तरता दिनुपर्ने उनको जोड थियो । सोही अवसरमा नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष बिनोद कुमार बिक विकासले दलित समुदायप्रति गरिने बिभेद र छुवाछुत अमानवीय कार्य भएको बताए ।

व्यास नगरपालिका कार्यपालिका सदस्य चन्द्रमाया परियारको सभापतित्वमा आयोजित कार्यक्रममा व्यास कार्यपालिका सदस्य रनसिं नेपाली, ज्ञानुमाया सुनार, व्यास-३ का वडासदस्य दधिराज घिमिरे, दलित नेता कृष्ण रुचाल, माँ दुर्गे अलोकिक कृषि फार्मकी संचालिका कल्पना गौली, महिला विकास कार्यालयकी पूर्व कर्मचारी रेणु नेपाली लगायतका वक्ताहरुले जातीय विभेद अन्त्यका लागि आचारण र व्यवहारमा परिवर्तन हुन आवश्यक रहेको औल्याएका थिए ।

कार्यक्रममा मुख्य प्रशिक्षकमा तुलसीराम पौडेल र सहायक प्रशिक्षकमा तिलक बिक र पूर्ण बिश्वकर्माले कर्मकाण्डका विषयमा सहजिकरण गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker