सत्यवती माविमा तीन लाखको अक्षयकोष स्थापना

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको दमौली स्थित सत्यवती माध्यमिक विद्यालयमा तीन लाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरिएको छ । व्यास-२ को सुनचाँदी लाइन निवासी स्व. मोतीकुमार जोशीको स्मृतिमा उनका परिवारले उक्त रकमको अक्षयकोष स्थापना गरेका हुन् ।
स्व. जोशीका परिवारहरु सन्तुमाया जोशी, सूर्यकुमार जोशी, शिवकुमार जोशी, कृष्णकुमार जोशी, बेलु श्रेष्ठ, नविना श्रेष्ठ र रविना श्रेष्ठले दमौली स्थित सत्यवती माध्यामिक विद्यालयमा अक्षयकोषको लागि रकम प्रदान गरेका थिए ।
स्व. जोशीकी धर्मपत्नी सन्तुमाया जोशीले विद्यालयको प्रधानाध्यापक पुष्पकला भट्टर्राई, शिक्षक अभिभावक संघको अध्यक्ष सोमराज सिग्देललाई सोमबार विद्यालयमा तीन लाख एक हजार एक रुपियाँको चेक हस्तान्तरण गरेकी छन् ।
दलित, जनजाती, पिछडिएका समुह, गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न रकम प्रदान गरिएको सन्तुमायाले बताइन्। मोतीकुमार जोशी स्मृति कोषबाट प्राप्तहुने व्याज रकमबाट छात्रवृत्ति प्रदान गरिने छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker