चारकुने टोल विकास संस्थाको अध्यक्षमा पण्डित चयन
भञ्ज्याङ समाचारदाता/दमौली

चारकुने टोल विकास संस्थाको अध्यक्षमा सुदिप पण्डित सर्वसम्वत चयन भएका छन् । संस्थाको सोमबार सम्पन्न ८औ अधिवेशन तथा २२ औ साधारण सभाले पण्डितको अध्यक्षामा नौ सदस्यीय कार्य समिति चयन गरेको छ । संस्थाको उपाध्क्षमा भगवति पण्डित, सचिवमा सुरेश आचार्य, सहसचिवमा कल्पना राइ, कोषाध्यक्षमा एस.बि.नेपाली चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा इन्दिरा थापा, रामचन्द्र आचार्य, युवराज भण्डारी, नारायणी सापकोटा चयन भएका छन् भने दुइ सदस्य पछि मनोनित गरिने छ । चारकुने टोल विकास संस्थाका अध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि व्यास-१ का वडाध्यक्ष रमेशचन्द्र हड्खले, वडासदस्य मणिजंग बस्नेत, नेकपा एमालेका युवा नेता निर्मल पण्डित, चारकुने टोल विकास संस्थाका निबर्तमान अध्यक्ष ज्ञानेन्द्र जिसी, ज्येष्ठ नागरिकको तर्फबाट गणेश जिसी लगायतका वक्ताहरुले आ-आफ्ना धारणा राखेका थिए ।









