कला संस्कृति संरक्षण अभियान

तनहुँको घिरिङ गाउँपालिकाले दलित समुदायको उत्थान तथा परम्परागत पेशा, कला र संस्कृतिको संरक्षणका लागि नौमती बाजा तथा आरान सामाग्री हस्तान्तरण गर्दै । गाउँपालिकाले आइतबार एक कार्यक्रम गरी गाउँपालिकाका तीन समूहलाई नौमती बाजा तथा दस जनालाई आरानका सामाग्री गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले हस्तान्तरण गरेका छन् । दलित उत्थान समन्वय समितिका अध्यक्ष मिलन गैह्रेको अध्यक्षतामा भएको सो कार्यक्रममा गाउँपालिका उपाध्यक्ष राधादेवी अधिकारी तथा प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद पोखरेल लगायतले यो कार्यक्रमले परम्परागत पेशा तथा कला संस्कृति संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए ।

तस्विर : भञ्ज्याङ










