बन्दीपुरमा तनहुँ प्रहरीको नागरिक सुनुवाइ : होटल रेष्टुरेन्टहरू राति ११ बजेसम्म खोल्न पाउनु पर्ने माग

जिल्ला प्रहरी कार्यालय तनहुँले नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । प्रहरीले बन्दीपुरमा एक औपचारिक कार्यक्रम गरी नागरिक सुनुवाइ तथा अन्तर्क्रिया कार्यक्रम सहित समुदाय–प्रहरी साझेदारी कार्यक्रम पनि सम्पन्न गरेको हो।

सहभागीहरूको तर्फबाट ट्राफिकको चेकिङ आवश्यकता भन्दा बढि भएको, होटल रेष्टुरेन्टहरू राति ११ः०० बजे सम्म खोल्न पाउनु पर्ने माग, बन्दीपुरमा प्रहरी कर्मचारी संख्या बढि बनाई प्रहरी सक्रियता समेत बढाउनु पर्ने, डुम्रेमा राजमार्गमा, ट्राफिक संकेत, खाल्टाखुल्टी मर्मत, धुलो नियन्त्रण गर्नुपर्ने माग गरिएको थियो ।

जिल्ला प्रहरी प्रमुख अवदेश विष्टले कार्यक्रममा उठेका सबै गुनासो तथा जिज्ञासाको सम्बोधन समेत गरेका थिए ।

उनले कानून बमोजिम गर्नु पर्ने कारवाही प्रक्रियाहरूमा कुनैपनि कमी हुन नदिइने, नागरिक को दायित्व बहन गर्न सबैमा अनुरोध, सहकार्य गर्ने, राजमार्ग व्यवस्थापनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइने प्रतिबद्धता व्यक्त गरे ।

प्रहरीले विभिन्न निकाय, संघ संस्था, बुद्धिजीवी, समाजसेवी, विभिन्न क्लब, समिति तथा विभिन्न निकायका व्यक्तित्वहरूसँगको सहकार्यमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रमहरू गरिएको जिल्ला प्रहरी प्रमुख अवदेश बिष्टले बताए ।

यसअन्तर्गत लागू औषध दुर्व्यसनी नियन्त्रण, साइबर सुरक्षा, सडक सवारी सुरक्षा सचेतना, घरेलु हिंसा न्यूनीकरण, वन डढेलो, आगलागी नियन्त्रण, लगायत विभिन्न विषयमा सचेतना अभिवृद्धिका कार्यक्रम गरिएको उनको भनाइ छ ।

समाजमा हुन सक्ने कुनै पनि किसिमका विकृति, बिसंगतीहरूको नियन्त्रण गर्दै अपराध मुक्त समाजको स्थापना गर्ने तथा सम्पुर्ण जनमानसमा शान्ति र सुरक्षाको प्रत्याभूति दिलाउने तथा प्रहरी सेवा प्रवाहलाई प्रभावकारी र आम नागरिक माझ पारदर्शी तथा सहभागितमूलक बनाउँदै लैजाने प्रयास भएको प्रमुख बिष्टले बताए ।

कार्यक्रममा बन्दिपुर गाउँपालिका उपाध्यक्ष पंचमायाँ गुरुङले विभिन्न अपराधहरू नियन्त्रण गर्नका लागि प्रहरी सजग हुनुपर्ने बताइन । उनले स्थानीय तहबाट हर किसिमको साथ प्रहरीलाई गर्न गाउँपालिका प्रतिवद्ध रहेको समेत बताइन् ।

जिल्ला प्रहरी कार्यलय तनहुँको तथ्यांक अनुसार गत ६ महिनाको अवधिम भिन्न कार्यक्रमहरू भएका छन् । जसअनुसार स्कुल लक्षित ३३ वटा, टोल सुधार समिति लक्षित ४२ वटा, सडक सवारी सुरक्षा लक्षित ४७ वटा कार्यक्रम भएका भने ४८७ जना ट्राफिक कारबाहीमा परेका छन् ।

राजमार्ग सुरक्षार्थ व्यवस्थापन तथा बिभिन्न किसिमका भवितव्य घटना, दुर्घटना, आगलागी का घटना, प्रकोपहरूमा तुरुन्तै परिचालन हुनु पर्ने जस्ता घटनाहरूमा २३ वटा घटनामा प्रहरी परिचालन भएको प्रहरीले बताएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker