राष्ट्रपति उपचारमा जाँदा-आउँदाको विमान भाडाबापत ५५ लाख भुक्तानी गर्न अर्थलाई ताकेता

काठमाडौं । परराष्ट्र मन्त्रालयले राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि दिल्ली लैजाँदा भएको एयर एम्बुलेन्स र फर्किँदाको नेपाल वायु सेवा निगमको भाडासहित ५५ लाख रूपैया भुक्तानीका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ।

राष्ट्रपति पौडेलाई २०८० वैशाख ६ गते श्री एयरलाइन्सको चार्टर एयर एम्बुलेन्सबाट भारत लगिएको थियो । भारतबाट वैशाख १७ मा फर्किदा राष्ट्रपतिसहितको टोली नेपाल वायु सेवा निगमको नियमित उडानबाट आएको थियो ।

चार्टर विमान र नियमित उडानका भाडाबापत ५५ लाख २ हजार २७९ रूपैयाँ भुक्तानीका लागि परराष्ट्रले सोमबार अर्थलाई पत्राचार गरेको छ ।

भारतमा उपचारका क्रममा लागेको खर्च भने सरकारबाट नलिने चाहना राष्ट्रपतिले व्यक्त गरेका थिए । सो खर्च भारत सरकारले व्यहोर्ने वा दिल्लीस्थित दूतावासमार्फत नेपाल सरकारले व्यहोर्ने भन्ने औपचारिक जानकारी सरकारले दिएको छैन ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker