हातहतियार बुझाउन तनहुँ प्रशासनको आग्रह
भञ्ज्याङ न्यूज

जिल्ला प्रशासन कार्यालय तनहुँले इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरेको छ । मंसिर ४ गते हुनगईरहेको प्रतिनिधी तथा प्रदेश सभासदस्य निर्वाचनलाई मध्यनजर गर्दै हातहतियार नजिकको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको हो ।
निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र बिश्वासनीय वातावरणमा सम्पन्न गराउन जिल्लाभित्र रहेका इजाजत प्राप्त सबै हातहतियार निर्वाचन पश्चात फिर्ता हुने गरी ०७९ कात्तिक ४ गतेसम्म बुझाउन सबैमा सूचना जारी गरेको प्रमुख जिल्ला अधिकारी बिश्वप्रकाश अर्यालले बताए ।
आफुलाई पायक पर्ने नजिकको प्रहरी इकाईमा बुझाई सहयोग गरिदिन सूचना जारी गरिएको उनले बताए ।










