प्रवेशद्वारमै विद्यार्थीलाई शिक्षकको नमस्कार !

सविन लामिछाने/तनहुँ

विद्यार्थी आउने क्रम बढ्दै थियो । विद्यालयको प्रवेशद्वारमा प्रधानध्यापक र शिक्षकहरु उभिए। प्रवेशद्वारबाट छिर्ने विद्यार्थीलाई प्रधानध्यापक र शिक्षकले हात जोडेर नमस्कार टक्र्याए ।

नमस्कारसँगै भन्दै थिए, ‘गुड मर्निङ बाबु, गुड मर्निङ नानी । कस्तो छ ?’

यो दृष्य थियो तनहुँको व्यास नगरपालिका-१० मा रहेको शिव माध्यमिक विद्यालयको । नियमित विद्यालय आउने वातावरण तयार पार्दै सम्मान भावन सिकाउन प्रधानध्यापक र शिक्षकले विद्यार्थीलाई नै नमस्कार टक्र्याउँछन् । विद्यार्थी पनि मुस्कुराउँदै नमस्कार फिर्ता गर्छन् ।

एक अर्कालाई सम्मान गर्न सिकाउन विद्यालयले ‘नमस्कार’ अभियान थालेको हो । २ सातादेखि विद्यालयमा असल संस्कार सिकाउने उद्देश्यले ‘नमस्कार’ अभियान सुरु भएको प्रधानध्यापक चन्द्रमणि कोइरालाले बताए । सम्मानको भावना हराएकाले विद्यार्थीलाई सिकाउन थालेको उनको भनाइ छ ।

‘अभियान सुरु गरेपछि अहिले विद्यार्थी आफैँ टाढैबाट गुड मर्निङसँगै दुइ हात जोडेर नमस्कार गर्दै विद्यालय प्रवेश गर्छन् । प्रवेशद्वारमा शिक्षक बस्छन भन्ने भएपछि समयमै विद्यालय आउँछन् । विद्यालय पोशाकमा हुन्छन्’, उनले भने ।

विद्यार्थीलाई मात्रै होइन शिक्षकलाई पनि समयमै विद्यालय आउन प्रेरित गरेको उनले बताए विद्यालयको शैक्षिक गुणस्तरसँगै विद्यार्थीमा अनुशासन सिकाउने योजनामा रहेको कोइरालाले सुनाए ।

अचेल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र सदस्य पालो लगाएर विद्यालय आउँछन्, प्रवेशद्वारमा बसेर विद्यार्थीलाई नमस्कारसहितको अभिवादन टक्रयाउँछन् ।

अभियानलाई निरन्तरता दिन अभिभावकको तालिका नै बनाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास रिजालले बताए । उनका अनुसार प्रवेशद्वारमा बसेर अभिभावकले नै आफ्ना छोराछोरीको आनीबानी नियाल्छन् ।

शिव माविले किन ‘नमस्कार’ अभियान चलायो त ? विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रिजाल भन्छन्, ‘नमस्कार हाम्रो संस्कृति हो । विद्यार्थीले घरमा आउने पाहुना आफन्तलाई अभिवादन टक्र्याँउन सीकुन । अभिवादन गर्न धक नमानुन्, शिक्षासँगै संस्कार पनि चाहिन्छ भनेर सुरु गरेका हौं ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker