नेपाल केन्पो खुकुरी मार्सल आर्टस संघमा नयाँ कार्यसमिति चयन
भञ्ज्याङ समाचारदाता/दमौली

नेपाल केन्पो खुकुरी मार्सल आर्टस संघ गण्डकीले तनहुँमा संघलाई विस्तार गरेको छ । दमौलीमा शनिबार सम्पन्न भेलाले काशीनाथ भट्टराइको अध्यक्षतामा जिल्ला समिति विस्तार गरेको हो । समितिको उपाध्यक्षमा शमशेर बहादुर गैह्रे र सुकबहादुर गुरुङ, सचिवमा इश्वरप्रसाद पोख्रेल, कोषाध्यक्षमा भरत विक तथा सदस्यमा गणेश थापा, उमेश पौडेल, रुपक पन्त, निकेश गुरुङ, होमनाथ भट्टराइ र सन्तोष विक चयन चयन भएका छन् ।
भेलालाई सम्बोधन गर्दै नेपाल केन्पो खुकुरी मार्सल आर्टस संघ गण्डकीका अध्यक्ष विष्णु पुनले खेलकूदमा भइरहेको विकृति अन्त्यका लागि जोड दिए । उनले नेपालको मार्सल आर्टस खेलमा छुट्टै पहिचान बोकेको नेपाल केन्पो खुकुरी मार्सल आर्टसले खेलकूदका विकृतिविरुद्ध आवाज बुलन्द गर्ने बताउँदै भने, “हामी खेलको विकाससँगै खेलकूदको विकासमा तगारो बनेको विकृतिविरुद्ध समेत एक ढिक्का भएर अघि बढ्नेछौँ ।”
नेपाल केन्पो खुकुरी मार्सल आर्टस संघ गण्डकीका उपाध्यक्ष एवं तनहुँका इञ्चार्ज हरिराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय युवा परिषद् जिल्ला युवा समिति तनहुँकी अध्यक्ष रिता ढकाल, नेपाल केन्पो खुकुरी मार्सल आर्टस संघ कास्कीका उपाध्यक्ष मोहन भट्टराइ लगायतले बोलेका थिए ।










